Successfully Copied

ट्याटु खोप्दा

कतिपयले रहरले ट्याटु बनाउँछन् अनि पछि पछुताउँछन् । त्यसैले कहाँ कस्तो टाटु बनाउने भन्ने कुरामा समयमै सुनिश्चित हुनुपर्छ र आत्मविश्वासी रहनुपर्छ ।

-    ट्याटु रहर मात्र होइन, मृत्युपर्यन्त रहिरहने संकेत पनि हो ।

-    कतिपयले रहरले ट्याटु बनाउँछन् अनि पछि पछुताउँछन् । त्यसैले कहाँ कस्तो टाटु बनाउने भन्ने कुरामा समयमै सुनिश्चित हुनुपर्छ र आत्मविश्वासी रहनुपर्छ ।

-    ट्याटुले कुनै न कुनै अर्थ एवं कथा बोकेको हुन्छ । ट्याटु बनाउँदा प्रयोग गरिने रंगका हरेक थोपाको अर्थ हुन्छ तसर्थ अर्थपूर्ण ट्याटु बनाउनुपर्छ ।

-    मानिसको ट्याटुलाई हेरेर उसको रहर, इच्छा, आकांक्षा तथा जीवनशैली आँकलन गर्न सकिन्छ । त्यसैले यो आफू र आफ्नो व्यक्तित्व सुहाउँदो हुनुपर्छ ।

-    ट्याटु खोपाउँदा छालामा हुने एलर्जी, रंगको असर आदि कुरामा सचेतता अपनाउनुपर्छ ।

- सुष्मा प्रधान, संचालक, ब्ल्याक एन्ड ग्रे ट्याटु स्टुडियो, काठमाडौं मल

 Image