Successfully Copied

बाथ रोग नियन्त्रण गर्ने तरिका

बिरामीले आफ्नो सुरुवाती लक्षणका आधारमा रोग पहिचान गरी चिकित्सकको परामर्शअनुसार औषधि खाए यो रोगको जटिलताबाट जोगिन सकिन्छ ।

    सयभन्दा बढी किसिमका बाथ रोग भए पनि यसको सटिक कारण भने अहिलेसम्म पत्ता लागेको छैन । 

    बालकदेखि वृद्धासम्ममा देखिने बाथ रोग समयमै पहिचान गरी उपचार गराउनुपर्छ । बाथ रोग राति सुत्दा (आरामको समय) बढी दुःख दिने हुन्छ । 

    मेरुदण्डको बाथ पुरुषमा बढी देखिएको छ भने गठिया बाथ महिलामा बढी पाइन्छ । 

    गाउटमा बाहेक अन्य बाथमा खानेकुरा बानुपर्दैन ।

    स्वस्थ रहन चिनी, नुन तथा चिल्लो कम भएका खानेकुरा खान सकिन्छ । जाँड–रक्सी सेवन गर्नुहुँदैन । 

    जुनसुकै बाथमा पनि चुरोटको धूवाँले असर पार्ने भएकाले धूम्रपान गर्नुहुँदैन । 

    बाथ रोग पूर्णरूपमा निर्मूल नभए पनि यसलाई नियन्त्रण भने गर्न सकिन्छ । यसको सही पहिचान गरी समयमै उपचार गराउनुपर्छ । 

    बिरामीले आफ्नो सुरुवाती लक्षणका आधारमा रोग पहिचान गरी चिकित्सकको परामर्शअनुसार औषधि खाए यो रोगको जटिलताबाट जोगिन सकिन्छ ।

 

 Image