Successfully Copied

मंसिर महिनाको राशिफल

छोराछोरीको कुुरालाई लिएर श्रीमानसँग खटपटहुनसक्छ । गर्भवती महिलाहरूले बोली, व्यवहार एवं स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुुहोला । यात्राका क्रममा समस्या सिर्जना हुुने देखिन्छ । दाजुुभाइ–दिदीबहिनीहरूबीचको सम्बन्धमा प्रगाढता छाउनेछ । कामको थकानले गर्दा अनायास रिस उठ्नसक्छ । शरीरको प्रकृतिअनुुसार पानी पिउनुु, उचित आहार खानुु एवं

 

मेष

दस गतेसम्म समय त्यति अनुुकूूल दैखिँदैन । परिवार वा आफन्तमा कसैलाई शारीरिक कष्ट हुनसक्छ । कामविशेषले टाढिएका दिदीबहिनीसित भेटघाट हुुने तथा भाउजू–बुुहारी भित्र्याउने योग छ । पारिवारिक वातावरण सुुखमय रहनेछ । महिनाको उत्तराद्र्धमा श्रीमानसँग सामान्य ठाकठुुक पर्नसक्छ । सन्तान प्राप्तिको योग छ ।

वृष

छोराछोरीको कुुरालाई लिएर श्रीमानसँग खटपटहुनसक्छ । गर्भवती महिलाहरूले बोली, व्यवहार एवं स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुुहोला । यात्राका क्रममा समस्या सिर्जना हुुने देखिन्छ । दाजुुभाइ–दिदीबहिनीहरूबीचको सम्बन्धमा प्रगाढता छाउनेछ । कामको थकानले गर्दा अनायास रिस उठ्नसक्छ । शरीरको प्रकृतिअनुुसार पानी पिउनुु, उचित आहार खानुु एवं बिहान–बेलुुका टहल्नुु लाभप्रद होला ।  

मिथुन

अपेक्षित सफलता हात पर्नेछ । तनाव कम हुनुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । पराक्रम बढ्नेछ  भने दाम्पत्य जीवनमा समझदारी कायम रहला । व्यावसायिक क्षेत्रमा प्रगति हुुनुका साथै आर्थिक पक्षसमेत सुुदृढ हुनेछ । मनोवाञ्छित सफलता हात पर्नेछ । प्रतिद्वन्द्वीहरू परास्त हुुनेछन् । सामाजिक, राजनीतिक, न्यायिक एवं शैक्षिक क्रियाकलापमा सफलता पाइनेछ ।

कर्कट

छोराछोरीको पढाइ, व्यवहार एवं स्वास्थ्यमा ध्यान दिनुुपर्नेछ । विभिन्न सरसामान जोहो गर्ने अवसर जुुट्नेछ । आफन्तमा कसैको विवाह हुनसक्छ । मित्रभेट हुनेछ भने काम गर्ने उत्साह बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । विभिन्न माध्यमबाट आर्थिक लाभ लिन सकिनेछ । रुघाखोकीजस्ता सानातिना स्वास्थ्य समस्याले सताउलान् । विभिन्न स्रोत तथा व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ ।

सिंह

आफूले गरेको कामको प्रतिफल कस्तो होला भनेर कौतूूहल जागृत हुुनेछ । टाढा रहेका आफन्तहरूसँग भेटघाटहुुनेछ । प्राय: सबै कार्य आफ्नै इच्छाअनुुरूप सम्पन्न हुुनेछन् ।सभा, समारोह, विवाह वा भोजभतेरमा संलग्न हुुनुपर्ला । देश–विदेशको यात्रा हुुनसक्छ । नयाँ काम गर्ने योजना बन्नसक्छ । कसैसँग घनिष्ठ नभै स्वतन्त्र रूपमा कार्य गर्दा राम्रो परिणाम निस्कला ।

कन्या

जाँगर बढ्नुुका साथै शरीर पनि फुर्तिलो रहनेछ । देश–विदेशको यात्रा हुुनसक्छ । चोटपटकको सम्भावना छ । मनमा नकारात्मक विचार आए पनि पारिवारिक वातावरणले गर्दा व्यवहार सकारात्मकतातर्फ मोडिनेछ । प्रतिस्पर्धीहरूले रिस गरे पनि बिगार गर्नसक्ने छैनन् । आर्थिक एवं व्यावसायिक क्षेत्र सुुदृढ रहनेछ । आँटेको काम सम्पन्न गर्न पाउँदा मन हर्षित हुनेछ ।

तुला

बसाइ सराइको सम्भावना छ । कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । विवाहको योग छ । थकानका कारण टाउको एवं आँखा दुुख्ने समस्याले सताउनसक्छ । अनावश्यक खर्च हुुने सम्भावना छ । जिम्मेवारीका कारण व्यक्तिगत कार्यका लागि समय नमिल्नसक्छ । कार्यतालिका बनाएर काम गरे इच्छाबमोजिम परिणाम प्राप्त हुनेछ ।

वृश्चिक

देश–विदेशको यात्रा हुुनसक्छ । शेयरमा गरेको लगानीको राम्रो प्रतिफल मिल्नेछ । व्यावसायिक क्षेत्रबाट पनि सन्तोषजनक आय हुुनेछ । आफ्नो इच्छानुुसार समय व्यतीत गर्ने अवसर जुट्नेछ । रक्तचाप घटबढ हुुनसक्छ । खानपिन एवं जीवनशैलीमा विशेष ध्यान दिनसके सम्भावित स्वास्थ्य समस्याबाट जोगिन सकिन्छ ।

धनु

मध्यम खालको समय छ । आकस्मिक स्वास्थ्य समस्या देखा पर्नसक्छ । कामका साथसाथै आफ्नो व्यक्तिगत कार्यलाई पनि एकसाथ अघि बढाउन सके मन प्रसन्न रहनेछ । विवाह एवं भोजभतेरमा संलग्न हुुने अवसर जुर्नेछ । आकस्मिक उपहार पनि प्राप्त होला । आर्थिक पक्ष सुुदृढ रहे पनि अनावश्यक खर्च हुनसक्छ ।

मकर

हरेक पाइला सफलतातर्फ उन्मुुख छन् । प्रतियोगितात्मक क्रियाकलापमा जित हासिल हुुनेछ । पुण्य कार्यमा मन जानेछ । मानसिक एवं शारीरिक सुुख प्राप्त होला । मान–सम्मान प्राप्त गर्ने तथा अभिनन्दित हुने अवसर जुर्नेछ । माइती एवं मावलीबाट सहयोग मिल्नेछ । अरूले आफ्नो कामको प्रशंसा गर्नेछन् । आर्थिक पक्ष सुुदृढ रहनुका साथै शेयरबाट लाभ लिन सकिनेछ ।

कुम्भ

दाम्पत्य जीवन सुखद रहनेछ । माइती, मावली एवं इष्टमित्रहरूसँग भेटघाट होला । श्रीमान्बाट पर्याप्त माया, सद्भाव, सुुझाव एवं समर्पण पाइएला । बसाइ सराइ हुुनुका साथै जागिरेहरूको पदोन्नति हुुने योग छ । कामको चापले रक्तचाप घटबढ हुनुका साथै टाउको एवं आँखा दुुख्ने समस्या सिर्जना हुनसक्छ ।

मीन

गर्भवती महिलाहरूले स्वास्थ्यमा विशेष ध्यान दिनुुपर्नेछ । प्रतिस्पर्धीहरूबाट टाढै रहनुु वेश होला । यो महिना नयाँ सरसामान खरिद नगर्नु होला । दुुष्ट प्रवृत्ति भएका व्यक्तिहरूले कान भर्नसक्छन् । सकेसम्म सकारात्मक रहने प्रयास गर्नुु तथा जुुन काम गर्दा शान्ति मिल्छ त्यही काममा मन लगाउनु उचित हुन्छ । भ्रमणको अवसर जुर्नेछ भने नयाँ रोजगारी प्राप्त हुने योगसमेत छ ।

 Image