Successfully Copied

चिल्ली पोट्याटो

सोया सस, भेनेगर, नुन तथा आधा कप पानी हालेर उमाल्ने । २ चम्चा कर्नफ्लोरलाई पानीमा घोलेर उम्लिएको मिश्रणमा मिसाउने । ग्रेभी बाक्लो अर्थात् गाढा भएपछि आगोबाट निकाल्ने । फ्राई पोट्याटो फिंगर्सलाई त्यही ग्रेभीमा हालेर राम्रोसँग मिक्स गरी हरियो प्याजले सजाएर खाने–ख्वाउने ।

चिल्ली पोट्याटो

सामग्री : ३ वटा आलु, मैदा र कर्नफ्लोर आधा–आधा कप (२ चम्चा अलग्गै राख्ने), लसुन काटेको २ चम्चा, अदुवा १ टुक्रा काटेको, हरियो खुर्सानी २–३ वटा काटेको, सोया सस २ चम्चा, भेनेगर १ चम्चा, नुन स्वादअनुसार तथा हरियो प्याज १–२ वटा काटेको ।

विधि : आलुलाई ताछेर ठूलै आकारमा एउटै किसिमले काटेर पखाली सुख्खा हुन दिने । एउटा बावलमा मैदा, कर्नफ्लोर तथा पानीको पातलो घोल बनाउने । एउटा गहिरो कराहीमा तेल तताउने र पोट्याटो फिंगर्सलाई उक्त घोलमा डुबाएर त्यसलाई तातो तेलमा डिप फ्राई गर्ने ।

खैरो भएपछि निकालेर एकछिन राख्ने । कराहीमा २ चम्चा तेल तताई लसुन, हरियो खुर्सानी तथा अदुवालाई खैरो हुन्जेल भुट्ने । सोया सस, भेनेगर, नुन तथा आधा कप पानी हालेर उमाल्ने । २ चम्चा कर्नफ्लोरलाई पानीमा घोलेर उम्लिएको मिश्रणमा मिसाउने । ग्रेभी बाक्लो अर्थात् गाढा भएपछि आगोबाट निकाल्ने । फ्राई पोट्याटो फिंगर्सलाई त्यही ग्रेभीमा हालेर राम्रोसँग मिक्स गरी हरियो प्याजले सजाएर खाने–ख्वाउने ।

आलुचनाको सलाद

सामग्री : उसिनेको चना डेढ कप, आलु २ वटा (उसिनेर र क्युब आकारमा एकै साइजमा काट्ने), आधा कप प्याज (काटेको), हरियो धनियाँ १ चम्चा (काटेको), पुदिना थोरै (काटेको), कोरेको नरिवल आधा कप, अनारदाना पाउडर २ चम्चा, चाट मसला र जिराको धूलो आधा–आधा चम्चा, हरियो खुर्सानी १ वटा तथा नुन र मरिच स्वादअनुसार ।

विधि : बावलमा सबै सामग्री मिक्स गरी फ्रिजमा १ घन्टा चिस्याउने ।

 Image