Successfully Copied

एम्स्टर्डम बेकरी एण्ड क्याफे

नेदरल्यान्डको राजधानी एम्स्टर्डममा हुर्किएकी एक सर्जक किशोरीले काठमाडौंको मध्य बानेश्वरमा खोलेको रेस्टुराँ हो, एम्स्टर्डम क्याफे । उनले ३ वर्ष चलाएपछि उक्त क्याफे अहिले नेपाली युवाहरूले चलाइरहेका छन् ।

विशेषता : कलात्मक वातावरणमा कफी र पिज्जाको मजा लिन सकिने

स्थान : मध्य बानेश्वर

नेदरल्यान्डको राजधानी एम्स्टर्डममा हुर्किएकी एक सर्जक किशोरीले काठमाडौंको मध्य बानेश्वरमा खोलेको रेस्टुराँ हो, एम्स्टर्डम क्याफे । उनले ३ वर्ष चलाएपछि उक्त क्याफे अहिले नेपाली युवाहरूले चलाइरहेका छन् । क्याफेमा ती युवतीद्वारा कुँदिएका कला भने हेर्न पाइन्छ ।

क्याफेमा छिर्नासाथ आर्ट ग्यालरीभित्र पुगेको अनुभव हुन्छ । यो रेस्टुराँ ह्यान्डमेड कफी तथा पिज्जाका लागि लोकप्रिय छ । सस्तो मूल्यमा स्वादिलो कफी ख्वाउने यो क्याफेले दैनिक २० हजार रुपैयाँभन्दा बढीको कफी तथा पिज्जा बिक्री गर्छ । ३० जनासम्म अट्ने यो क्याफेको मुख्य रेसिपी नै कफी र पिज्जा हो । यो क्याफे मुख्यत: कलेज तथा अफिस जाने युवाहरूमा लक्षित छ ।

 Image