बटुक र चुकाउनी
पाल्पाको आदिम र पुख्र्यौली परिकार बटुक र चुकाउनी लोकप्रिय, स्वादिलो र स्वास्थ्यबद्र्धक पनि छ । यो खाना पछिल्लो समय पाल्पामा मात्र होइन देशभरि रुचाइएको छ । चाडबाडको समयमा शाकाहारीका लागि पनि बटुक र चुकाउनी उत्तम विकल्प हो ।

पाइनापल लेमनेड
सामग्री : पाइनापल जुस ४० मिलिलिटर, अरेन्ज जुस ४० मिलिलिटर, सुगर सिरप १० मिलिलिटर, सोडावाटर आधा लिटर, आइसक्युब ६ टुक्रा ।
विधि : एउटा ठूलो गिलासमा जुस तथा सुगर सिरप राखेर माथिबाट सोडावाटर हाल्ने । आइसक्युबलाई ब्लेन्ड गर्ने ।
म्यांगो क्रिम जुस
सामग्री : म्यांगो जुस आधा लिटर, भेनिला आइसक्रिम २ स्कुप तथा आइसक्युब ६ टुक्रा ।
विधि : भेनिला आइसक्रिम, म्यांगो जुस तथा आइसक्युब ब्लेन्ड गरी गिलासमा सर्भ गर्ने ।