Successfully Copied

मटनका थरी थरी परिकार

खसीको फल मासु १ सय ३० ग्राम, लसुन ३ पोटी, प्याज १ वटा, हरियो खुर्सानी ३ पिस, कागती १ चम्चा, सुकेको खुर्सानी २ पिस, धनियाँ चप १ चम्चा, नुन स्वादअनुसार तथा अदुवा ५ ग्राम । विधि : खसीको फल मासुलाई कडा हुने गरी

मटन थेबे

सामग्री : खसीको फल मासु १ सय ३० ग्राम, लसुन ३ पोटी, प्याज १ वटा, हरियो खुर्सानी ३ पिस, कागती १ चम्चा, सुकेको खुर्सानी २ पिस, धनियाँ चप १ चम्चा, नुन स्वादअनुसार तथा अदुवा ५ ग्राम ।

 

विधि : खसीको फल मासुलाई कडा हुने गरी फ्राई गर्ने । त्यसपछि कडा मासुलाई कुटेर थेबे बनाउने । माथिका सम्पूर्ण सामग्रीलाई कुटेर मासुमा तोरीको तेल हाली राम्रोसँग साँध्ने ।

मटन चप

सामग्री : मटन १ किलो, बेसार आधा चम्चा, दही ३ चम्चा, तेल २ चम्चा, नुन स्वादअनुसार, स्लाइस आकारमा काटिएको प्याज ४ टुक्रा, रातो खुर्सानीको धूलो २ चम्चा, गरम मसला १ चम्चा, लसुन १२ पोटी, हरियो खुर्सानी ५–६ वटा तथा धनियाँको पात आधा कप ।

विधि : मासुलाई राम्रोसँग पखालेर पानी सुकाएपछि बेसारको धूलो, दही तथा नुनले मोलेर एक घन्टा फ्रिजमा राख्ने । प्यानमा तेल हालेर सबै मसला सोथे गरी पेस्ट बनाउने । त्यसमा गरम मसला हालेर एकछिन पकाएपछि मटन चप र खुर्सानीको धूलो हाली पकाउने । प्रेसर कुकरको बिर्को लगाई ५ सिठी लागुन्जेल पकाउने । त्यसपछि प्रेसर कुकरको बिर्काे खोलेर मटन सुख्खा ग्रेभी हुने गरी एकछिन पकाउने । सर्भ गर्ने बेलामा कागतीको रस हाल्ने ।

मटन पोटाटो करी

सामग्री : खसीको खुट्टा वा कुमको मासु १ सय ग्राम, प्याज १ वटा, तोरीको तेल ७५ मिलिलिटर, ल्वाङ ५–६ वटा, दालचिनी १ स्टिक, मिट मसला २० ग्राम, नुन स्वादअनुसार, अदुवा र लसुनको पेस्ट ४ चम्चा, सौंफ आधा चम्चा, पानी २ सय ५० मिलिलिटर, डाइसकट काटिएको गोलभेंडा १ वटा, हरियो धनियाँ गार्निसका लागि तथा आलु ३ वटा उसिनेर ४–४ टुक्रा हुने गरी काटेर राख्ने ।

विधि : मासुलाई पखालेर सुख्खा गर्ने । कराहीमा तोरीको तेल तताई प्याज, ल्वाङ र दालचिनी फ्राई गर्ने । अर्काे भागमा मासु राखी मिट मसला, नुन, अदुवा र लसुनको पेस्ट, सौंफ एवं तेजपत्ता हालेर मोल्ने । त्यसपछि मासु हाली ठूलो आँचमा पकाउने र फ्राई भएपछि सानो आँचमा ३० मिनेटजति पकाउने । पानी सुकेपछि १ कप पानी हाली गोलभेंडा र आलुसमेत मिसाएर एकछिन पकाउने ।

कचौल

सामग्री : बोसो भएको खसीको मासु १ सय ग्राम, खसीको कलेजोलाई सानो पिसमा काटेको २ सय ग्राम, खसीको श्वासनलीलाई स–साना टुक्रामा काटेको ५० ग्राम, खसीको ब्रेन (उमाल्ने), कान, किड्नी, तोरीको तेल २ चम्चा, प्याज चप २ वटा, धनियाँ र जिराको पेस्ट २ चम्चा, नुन स्वादअनुसार, ठूलो आलुलाई साना टुक्रा पारेर काट्ने र डिप फ्राई गर्ने । हरियो धनियाँको पात तथा हरियो लसुन २० ग्राम ।

विधि : पातलो प्यानमा तेल तताई प्याजलाई ब्राउन बनाउने, त्यसमा लसुनलाई १ मिनेट फ्राई गर्ने । अदुवा, धनियाँ र जिराको पेस्ट तथा खुर्सानीको धूलोलाई राम्रोसँग चलाई १ मिनेट पकाउने । त्यसमा कलेजो, श्वासनली र किड्नी मिक्स गरी १ मिनेटजति पकाएर नुन हाली फेरि एकछिन पकाउने । पानी हालेर १२–१३ मिनेट सानो आँचमा पकाउने र त्यसमा फ्राई गरिएको आलु राम्रोसँग मिक्स गर्ने । पाकेपछि काटेको धनियाँ तथा हरियो लसुन हालेर मिक्स गरी सर्भ गर्ने ।

                             -निर्देशक, बाजेको सेकुवा तथा संस्थापक, बाजेको मसला

 Image