‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
नेपाली ग्रामिण समुदायका छोरीचेलीहरु बिस्तारै चूलोचौको बाट बाहिर निस्कन थालेका छन् । शहरिया परिवेशमा छोरीहरु निक्कै खुलेता पनि ग्रामिण भेगमा भने अझै पनि अधिकारकै लागि खुम्चनु पर्ने अवस्था छ । तर, बिस्तारै महिलाहरुका लागि लागेका संस्कारका पर्खालहरु गाउँघरबाट पनि बिस्तारै भत्कन थालेका छन् । यसैको एउटा जोलन्त उदाहण हो रामेछापबाट राजगारीका लागि देश छोड्ने महिलाको संख्या ।
पछिल्लो समय सार्वजनिक भएको तथ्याङ्कले रोजगारीका लागि देश छाड्ने महिलाको संख्यामा अघिल्लो वर्षभन्दा पनि बृद्धि भएको देखाएको छ । बैदेशिक रोजगारीका लागि गत वर्ष ४ सय ३२ महिला बैधानिक बाटोबाट विश्वका बिभिन्न देशमा गएका थिए । तर, अघिल्लो वर्षको तुलनामा यो संख्या दोब्बरले बढेर यो वर्ष ७ सय १३ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।
बैदेशिक रोजगार विभागको तथ्यांकले बैधानिक बाटोबाट देश छाड्नेको संख्या सार्वजनिक गरेता पनि विभिन्न कारण अबैधानिक बाटोबाट विदेश जाने महिलाको संख्या पनि ठूलो रहेको जानकारहरुको भनाई छ । रामेछापबाट मात्रै होईन देशैभरबाट बैदेशिक रोजगारीका लागि विदेशीने महिलाको संख्यामा उल्लेख्यरुपमा बृद्धि भएको छ ।