Successfully Copied

बेडरुम

सुत्ने कोठा नितान्त व्यक्तिगत स्थान हो जहाँ सम्पूर्ण आराम प्राप्त हुन्छ । मानिसहरू जब बेडरुममा पुग्छन् तब उनीहरू तनावमुक्त हुन्छन् । सजिलो तथा सौम्य महसुस गर्छन् । तसर्थ बेडरुम डिजाइनरहरूको सदैव एउटै प्रयास हुन्छ कि यस्तो डिजाइन दिन सकियोस् जहाँ हरेक व्यक्ति एवं

सरिता श्रेष्ठ, इन्टेरियर डिजाइनर

सुत्ने कोठा नितान्त व्यक्तिगत स्थान हो जहाँ सम्पूर्ण आराम प्राप्त हुन्छ । मानिसहरू जब बेडरुममा पुग्छन् तब उनीहरू तनावमुक्त हुन्छन् । सजिलो तथा सौम्य महसुस गर्छन् । तसर्थ बेडरुम डिजाइनरहरूको सदैव एउटै प्रयास हुन्छ कि यस्तो डिजाइन दिन सकियोस् जहाँ हरेक व्यक्ति एवं परिवारले सहज महसुस गर्न सकून् । यहाँ आराम, खुसी र सुखको अनुभूति होस् । यो स्थान राम्रोसँग डेकोरेटेड गरिएको होस् ।

बालबालिकाहरूको कोठा रंगरोगन गर्दा प्राकृतिक कलामा ध्यान पुर्‍याउनुपर्छ ।

छोराको कोठा रातो–नीलोले रंगाउनुपर्छ भने छोरीको कोठामा पिंक वा सेतो रंग लगाउनुपर्छ । कोठा राम्रो वातावरणले गुञ्जायमान हुनुपर्छ । कुनै पनि हालतमा अस्तव्यस्त देखिनु हुँदैन । भुलेर पनि बेडरुमलाई ब्राइट कलरले रंगाउनु हुँदैन । २ वा ३ वटाभन्दा बढी सेड प्रयोग गर्नुहुँदैन । बेडरुमलाई फ्लेक्जिबल बनाउन बालबालिकाको शारीरिक बनावटसँग मिल्ने फर्निचर राख्नुपर्छ ।  

आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ कि वयस्कले भन्दा बालबालिकाले सजिलै बोर महसुस गर्छन् । किनभने उनीहरूको मस्तिष्कले चाँडै कुनै पनि डिजाइन गर्छ । उनीहरूको रुचिअनुसार तुरुन्तै फर्निचर बदल्न सकिँदैन तसर्थ छोरा वा छोरीका लागि छुट्टै प्रकारको बेड, ओछ्यान, तकिया र त्यससँग मिल्ने वालपेपर टाँस्न सकिन्छ । पढ्ने वातावरणका लागि पुस्तक, चार्टस, खेलौना आदि जरुरी हुन्छन् जसले गर्दा उनीहरू रमाइलोसँग पढ्छन् र खेल्छन् ।

बालबालिकाहरूको कोठामा विभिन्न तस्बिर वा तयारी अवस्थाका तस्बिरहरू लगाएर विभिन्न किसिमको साइजमा टंगाउनुपर्छ । कोठाको भित्ता एवं फ्लोरमा शीतलता दिने खालका चिटिक्क परेका सेरामिक्स टायल, मार्बल्स वा ग्रिनाइट वा लेमिनेटेड फ्लोर काठ वा कार्पेट ओछ्याउनुपर्छ ।

चिल्ड्रेन रुम

बालबालिकाहरूको कोठामा स्टोरेजको व्यवस्थाका साथै पढ्न र इन्डोर गेम्स खेल्न पर्याप्त खुला ठाउँ हुनुपर्छ । बालबालिकाहरूको बेडमुनि दराज हुनुपर्छ जसले गर्दा उनीहरूलाई आफ्ना सरसामान निकाल्न असुविधा हुँदैन । स्टडी टेबलका साथमा एउटा क्लिप बोर्ड हुनुपर्छ, जहाँ बोर्ड पिनको सहायताले आवश्यक कागजात राख्न सकियोस् । बालबालिका साना भए कोठामा आकर्षक डिजाइनयुक्त प्लास्टिक कन्टेनर राख्नुपर्छ, यसमा उनीहरूका खेलौना सम्हालेर राख्न सकिन्छ । बालबालिकाहरूको कोठालाई आकर्षक बनाउन भित्तामा फ्लावरी वा कार्टुन क्यारेक्टरयुक्त वालपेपर लगाउनुपर्छ । भित्तामा थ्रिडी स्टिकर्स, कार्टुन पोस्टरहरू टाँगेर पनि कोठालाई नयाँ लुक दिन सकिन्छ । बालबालिकाहरूको कोठाका लागि पर्दा, बेडसिट, पिलो कभर आदि छनोट गर्दा उनीहरूको रोजाइअनुसार कार्टुन क्यारेक्टर, फूल, पुतली आदि प्रिन्ट्सलाई प्राथमिकता दिन सकिन्छ ।

बेडरुमको मेकओभर

बेडरुमको मेकओभरले मुड बदल्न सहयोग गर्छ । सबैभन्दा पहिले बेडसिट, पिलो कभर तथा पर्दा बदल्नुपर्छ । त्यसपछि केही क्षणमै बेडरुमको लुक बदल्न सकिन्छ । बेडरुमलाई आवश्यकतानुसार कुनै पनि थिममा सजाउन सकिन्छ । बेडरुमका लागि फ्लोरल प्रिन्ट छनोट गर्नु उपयुक्त हुन्छ । बेडरुमलाई ताजा फूलले सजाउन सकिन्छ वा अरू कुनै थिम छनोट गर्न पनि सकिन्छ । बेडरुमलाई रोमान्टिक लुक दिन क्यान्डल, ल्याम्प वा अलग–अलग प्रकारका सफ्ट लाइट्स प्रयोग गर्नुपर्छ ।

बेडरुमलाई लग्जरियस लुक प्रदान गर्न सिल्कका पर्दा, बेडसिट, पिलो कभर आदि उपयुक्त हुन्छन् । बेडरुमका लागि त्यस्तो साइड टेबल छनोट गर्नुपर्छ, जसको तल्लो भागमा दैनिक आवश्यकताका स–साना सामग्री राख्ने पर्याप्त ठाउँ होस् ।

 Image