Successfully Copied

फड्को मार्दै इशा

सबै भारतीय सहभागीबीच एक्ली नेपाली प्रतियोगी । कुरा हो आइतबार बेलुकी सवा सात बजे प्रसारित भइरहने एमटिभी रियालिटी शो स्प्लिट भिल्लाको दसौं संस्करण अनि सहभागी २० वर्षीया ईशा चौधरी खड्काको । सानै छँदादेखि रियालिटी शोमा भाग लिने सपना साँचेकी थिइन् चौधरीले । ईशाले

सबै भारतीय सहभागीबीच एक्ली नेपाली प्रतियोगी । कुरा हो आइतबार बेलुकी सवा सात बजे प्रसारित भइरहने एमटिभी रियालिटी शो स्प्लिट भिल्लाको दसौं संस्करण अनि सहभागी २० वर्षीया ईशा चौधरी खड्काको । सानै छँदादेखि रियालिटी शोमा भाग लिने सपना साँचेकी थिइन् चौधरीले । ईशाले यो वर्ष आफूलाई मनपर्ने रियालिटी शोमा भाग लिइन् ।

१० औं स्प्लिट भिल्लामा हजारौं प्रतिस्पर्धीमध्येबाट छनोट भै कार्यक्रममा सहभागी भएर उनले आफ्नो सपना पूरा मात्र गरिनन् चौथो भागसम्म डटेर प्रस्तुति दिइरहेकी छिन् । मोडलिङ, टिभी तथा चलचित्रमा सक्रिय हुने चाहना बोकेकी ईशाले दिल्लीमा आरजे तथा भिजेको प्रशिक्षण समेत लिएकी छिन् ।

अहिले नेपाली र्‍याम्प तथा फोटोसुटमा व्यस्त ईशा छिट्टै चलचित्रमा पदार्पण गर्ने तयारीमा छिन् । ईशा भन्छिन्– ‘२–३ वटा चलचित्रबाट प्रस्ताव आइरहेको छ ।’  

 Image