सफ्टवेयर र एपहरू नेपाली भाषामै भए महिलाहरूलाई सहज हुन्छ : सुनैना घिमिरे पाण्डे
जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक सुनैना घिमिरे पाण्डेले सामाजिक सञ्जालहरूको प्रयोग गरेर विभिन्न उत्पादनहरू बजारमा लैजान सकिने बताएकी छिन् ।
सबै भारतीय सहभागीबीच एक्ली नेपाली प्रतियोगी । कुरा हो आइतबार बेलुकी सवा सात बजे प्रसारित भइरहने एमटिभी रियालिटी शो स्प्लिट भिल्लाको दसौं संस्करण अनि सहभागी २० वर्षीया ईशा चौधरी खड्काको । सानै छँदादेखि रियालिटी शोमा भाग लिने सपना साँचेकी थिइन् चौधरीले । ईशाले यो वर्ष आफूलाई मनपर्ने रियालिटी शोमा भाग लिइन् ।
१० औं स्प्लिट भिल्लामा हजारौं प्रतिस्पर्धीमध्येबाट छनोट भै कार्यक्रममा सहभागी भएर उनले आफ्नो सपना पूरा मात्र गरिनन् चौथो भागसम्म डटेर प्रस्तुति दिइरहेकी छिन् । मोडलिङ, टिभी तथा चलचित्रमा सक्रिय हुने चाहना बोकेकी ईशाले दिल्लीमा आरजे तथा भिजेको प्रशिक्षण समेत लिएकी छिन् ।
अहिले नेपाली र्याम्प तथा फोटोसुटमा व्यस्त ईशा छिट्टै चलचित्रमा पदार्पण गर्ने तयारीमा छिन् । ईशा भन्छिन्– ‘२–३ वटा चलचित्रबाट प्रस्ताव आइरहेको छ ।’