Successfully Copied

कपालको सुरक्षा र यससंग जोडिएका मिथ

भुलेर पनि तातो पानीले कपाल नुहाउनु हुदैन । यसले कपाल झर्ने, चांया पर्ने समस्या निम्तिन्छन् । जाडो मौसममा मनतातो तेल कपालमा लगाएर ५ मिनेटको साटो १० मिनेट राख्न सकिन्छ त्यति गरिसकेपछि कपाललाई नियमित धुने र घाम ताप्न बस्दा कपाललाई छोप्ने गर्नुपर्छ । कपालाइ

जावेद हबिब ( हेयर एक्सपर्ट )

उनका ३ पुस्ताले यही ब्यवासायमा समय खर्चिएका छन् । करिब सय बर्ष लामो इतिहांस बोकेको छ उनको पुस्ताले हेयर ब्यावसायका क्षेत्रमा । जावेदले यसलाइ अझ बिस्तृत र फराकिलो बनाउन शैक्षिक ज्ञान थपे । संसारभर कपालको डाक्टर कहलिएका जावेद हबिब आफुलाइ हेयर म्याकडनल्सका रुपमा स्थापित गर्न चाहान्छन् । दुबाइ, भारत, नेपाल लगायका विश्वका बिभिन्न स्थानमा हेयर सलुन र एकेडेमी सञ्चालन गरिरहेका हबिब कपालसंग त्यसै खेल्न नसकिने र कम्तीमा पनि १ हजार घण्टाको प्रशिक्षणपछि मात्रै कपाल काट्न र स्टायल दिन सकिने बताउंछन् । यिनले भारतमा मात्रै १ लाख ५० हजार बिद्यार्थी उत्पादन गरिसकेका छन् भने दैनिक १ सय ५० जनाको कपाल काट्ने क्षमता राख्छन् । जावेद हबिब हेयर योगा पुस्तकका लेखक यिनको बिगत १२ बर्ष देखी काठमाण्डौको कमलादीस्थित काष्ठमण्डपमा हबिबस् हेयर एण्ड ब्युटी सलुन कम एकेडेमी फर म्यान एण्ड वुमन सञ्चालनमा छ । 

नेपाली हेयरको प्रकृति कस्तो पाउनु भएको छ ?

–हावापानी र खानपानका हिसाबले नेपाल र इण्डियाका धेरै चिज मिल्दाजुल्दा भएकाले कपालको प्रकृति पनि उस्तै देखिन्छ । मुख्यत कपालको गुणस्तरले खानपानसंग प्रत्यक्ष्य सरोकार राख्दछ । नेपाली हेयर कालो रंगको, हल्का कर्ली तथा लामो भएको पाइएको छ ।

हेयरका सम्बन्धमा नेपालीहरु कत्तिको सचेत रहेको देख्नुभयो ?

–यहां हेयर स्टायल र कलरिङमा रिभोलुसन नै आएको ठान्छु म । जुन इण्डियामा छैन् । यहां १० कक्षा पढ्ने १४ बर्षियाले पनि हेयर कलर गरेर स्टायलिस्ट लुक्स बनाएको पाएं तर भारतमा अझैं कलरिङ फ्रेण्डली छैनन् । घर–परिवार, आफन्त, इष्टमित्रले के भन्लान भन्ने सोच्छन् । यसैले प्रष्ट्याउंछ, नेपालीहरुमा प्रशस्त हेयर अँइसकेको सचेतना छ । 

कपालको उचित सुरक्षा कसरी गर्ने ?

–पहिला तेल लगाएर पांच देखी ७ मिनेट राखिसकेपछि दैनिक राम्रो गुणस्तरको स्याम्पु गर्नुपर्छ । कण्डिसनर लगाउने हो भने जराभन्दा केही भाग छोडी लगाउंदा कपाल झर्दैन् । तेल र स्याम्पु नै कपाललाइ सफा र स्वस्थ राख्ने प्रभावकारी उपाय हो ।

दैनिक नुहाउनु हुदैन, ओयल मसाज जरामा गर्नुपर्छ भनिन्छ नि ?

– कसले भन्यो दैनिक नुहाउनु हुदैन भनेर ? जसरी हामी दिनको दुइ–तिन पटक मुख धुन्छौं त्यसैगरी कपाललाइ पनि सफा राख्न दैनिक स्याम्पु गर्नुपर्छ । हाम्रो शरिरमा यत्ति धेरै तेल छ कि जरामा तेल लगाउनै पर्दैन् । नुहाउनु अघि जरामा होइन कपाल भएको भागदेखी टुप्पोसम्म मात्रै तेल लगाउने हो । 

बर्षायाममा बढी मात्रामा चांया र सुख्खापन देखिने हुनाले यो बेला कपाललाइ कसरी जोगाउने ?

–भुलेर पनि तातो पानीले कपाल नुहाउनु हुदैन । यसले कपाल झर्ने, चांया पर्ने समस्या निम्तिन्छन् । जाडो मौसममा मनतातो तेल कपालमा लगाएर ५ मिनेटको साटो १० मिनेट राख्न सकिन्छ त्यति गरिसकेपछि कपाललाई नियमित धुने र घाम ताप्न बस्दा कपाललाई छोप्ने गर्नुपर्छ । कपालाइ जहिले पनि घांम–पानी, धुलो र धुंवाबाट जोगाउनुपर्छ । 

 Image