हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
गत महिना ‘कति स्वतन्त्र छन् महिला ?’ पढेपछि लेख्न मन लाग्यो । आधुनिक नेपाली महिला यसअघिको तुलनामा निकै स्वतन्त्र त छन् तर कति स्वतन्त्र छन् र स्वतन्त्रताको मापदण्ड के हो भन्ने विषय बहस हुनसक्छ । आफूलाई जे मन लाग्छ त्यही गर्न पाउनु स्वतन्त्रता हो भने मर्यादा वा जिम्मेवारीका कुरा पनि सँगसँगै आउँछन् । स्वतन्त्रतासँगै जिम्मेवारी जोडिने भएकाले आधुनिक महिलाको जीवन चुनौतीपूर्ण बन्दैछ । केही वर्ष पहिलेसम्म पनि परम्परा, मान्यता एवं संस्कारमा बाँधिएर निर्धारित परिधिभित्र रही धेरै कुरा सहेर बस्ने महिलाहरू हिजोआज त्यस्ता मान्यताबाट टाढिँदैछन् । यस्तै तिमी नभए अरू कोही, यो नभए अरू केही भन्ने फर्मुलामा विश्वास राख्ने आजका महिला हिजोआज एउटै सम्बन्धमा बाँधिन वा रोकिन चाहँदैनन् ।
हरेक कुरामा आफ्नो भ्यालु खोज्ने जागरुकता पलाएको छ उनीहरूमा । स्वतन्त्र उडान भर्न चाहने महिलाहरूलाई कतिपय पुरुषले आफूमाथिको आक्रमणका रूपमा समेत बुझेका छन् तर आममहिलाको मानसिकतामा आएको परिवर्तन, जागरुकता, आर्थिक रूपमा आत्मनिर्भर भएकाले स्वनिर्णयको क्षमता बढ्नु आदिले महिलाहरूलाई थप स्वतन्त्र बनाउँदै लगेको छ । फलत: केही पुरुषले महिलाको प्रगतिबाट आफूलाई हीन सम्झने तथा उनीहरूको कुरा काट्ने काम पनि गरेका छन् जुन महिला स्वतन्त्रताका लागि बाधक हो । सबैभन्दा मुख्य कुरा त के भने स्वतन्त्रताको प्रश्नमा लैंगिक विभेद हुनुहुँदैन किनभने स्वतन्त्रता सबैको अधिकार हो ।
कृषा बस्ती, म्हैपी