५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
दर्जनौं महिला परिश्रमले प्रगतिको सिँढी उक्लिरहँदा केही महिलाले भने अनपेक्षित विवादको सिकार हुनुपर्यो जसमध्ये केही महिला आफ्नै कारणले र केही महिला बाहिरी कारणले असफल भए ।
सीता रानामगर, खेलाडी

नेपाली महिला क्रिकेट टिमकी आशालाग्दी प्रतिभा हुन्– सीता रानामगर । धेरै महिला क्रिकेटर सीतालाई आदर्श मान्छन् । ब्याटिङ र बलिङ् दुवैमा पोख्त सीता राष्ट्रिय क्रिकेटमा दुई पटक म्यान दि म्याच पनि भएकी थिइन् । उनको यही प्रतिभाको कारण सशस्त्र प्रहरीले उनलाई जागिर दिएको थियो । शालीन स्वभावकी सीताले वर्ष २०७३ मा भने अनौठो क्रियाकपाप गरेर आफ्नो करियरमा त धक्का लगाइन् नै आफ्नै प्रशंसकहरूलाई समेत निरास बनाइन् ।
गत महिना सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा सीताले पूर्वाञ्चलविरुद्ध भैरहेको खेलमा विवाद भएपछि खेल बहिष्कार गरिन् । यसमा उनका सहकर्मीहरूले पनि उनलाई साथ दिए । बहिष्कार गरेर बाहिर निस्कने क्रममा सीताले प्रतिद्वन्द्वी विरुद्ध अश्लील ईशारा समेत गरेको बताइन्छ । यही हरकतका कारण उनलाई खेलकुद परिषद् तथा क्यानले कारवाही गरेको छ ।
आशा लामा, म्यानपावर व्यवसायी

नेपालको कानुनअनुसार वैदेशिक रोजगार व्यवसायी हुनु अपराध होइन । नेपाल सरकारले खर्बौ रुपैयाँको रेमिट्यान्स भित्र्याउने कारण नै वैदेशिक रोजगार व्यवसायीहरू हुन् । यद्यपि आशा फाउन्डेसनकी अध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी आशा लामाको यही व्यवसाय उनलाई विवादमा तान्ने माध्यम बन्यो । सरकारले १४ वटा देशका लागि राजदूत सिफारिस गर्दा आशा लामा युएइको राजदूतमा सिफारिस भइन् । त्यसपछि नेपालीहरू वैदेशिक रोजगारमा पुग्ने देशमै वैदेशिक रोजगार व्यवसायी राजदूत हुनु नियम संगत नहुने भन्दै आलोचना सुरु भयो ।
त्यस क्रममा ओमानकी राजदूत शर्मिला पराजुली तथा कतारका राजदूत रमेश कोइराला समेत विवादमा तानिए । यो लविङ यति सशक्त भयो कि सरकार शर्मिला र रमेशको नाम सदर गरे पनि आशाको नाम फिर्ता लिन बाध्य भयो । यसरी आशा लामाको राजदूत हुने आशामा तुसारापात भयो । आशा फान्डेशनमार्फत् वैदेशिक रोजगारका कारण अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्दै आएकी आशा लामालाई भाग्यले साथ दिएन । अन्तत: उनी राजदूत त हुन पाइनन् नै, उनले गरेका राम्रा काम समेत ओझेलमा परे ।
कञ्चन रेग्मी

पवित्र सेवा समाजमा आश्रय लिइरहेकी महिला कञ्चन रेग्मीले दिएको अन्तर्वार्ताका कारण उनी स्वयं त समस्यामा परिन् नै त्योभन्दा पनि दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय मिडियामा बिताएका सुमन खरेल समेत विवादमा परे । सडकमा भेटिएकी कञ्चन रेग्मी वास्तवमा सडकमा नभई योजनबद्ध रूपमा पवित्र सेवा समाजबाट पत्रकार सुमन खरेलसम्म पुगेको बताइन्छ । छोडपत्र भैसकेकी र लागु औषधको कुलतमा परेकी कञ्चनले अन्तर्वातामा आफ्ना छोराहरू टक्सन गाडीमा हिंड्ने र पति मोहन रेग्मीले गलहत्याएर घरबाट निकालेको अन्तर्वार्ता दिएकी थिइन् । उक्त अन्तर्वार्ता प्रसारण भएपछि समाजिक सञ्जालमा चलचल नै मच्चिएको थियो ।
यद्यपि उनको अन्तर्वार्ता झुटो भएको र पूर्व पतिसँग पैसा असुल गर्ने नियत देखिएको भन्ने भएपछि अघिल्लो दिनसम्म लाखौं दर्शकको सहानुभूति बटुलेकी कञ्चन आलोचनाले घेरिइन् । यसरी रातारात सेलिब्रेटी बनेकी कञ्चन केही दिनभित्रै सबैभन्दा कमजोर महिला सावित भइन् ।
फूलकुमारी उँराब
अपराधमा पुरुषहरूको दबदबा छ । कोमल मानिएका महिलाहरू सधैं अपराधमा संलग्न पुरुषहरूबाट पीडित छन् । यद्यपि सधै र सबै घटनामा महिलामाथि नै अन्याय हुन्छ भन्ने छैन । केही महिला खतरनाक अपराधी हुनसक्ने सम्भावना पनि हुन्छ । यसैको उदाहरण हुन्– फूलकुमारी उँराब । मोरङ घर भएकी फूलकुमारीले लागूऔषध सेवन एवं त्यसको कारोबार गर्ने क्रममा आफ्नो साथीको हत्या समेत गरिन । २०७३ साल असोज २८ गते फूलकुमारीले तीनजना पुरुष साथीको सहयोगमा लागू औषध प्रयोगकर्ता अंकित दाहालको घाँटी रेटेर हत्या गरेकी थिइन् । अहिले उनी महिला कारागार मोरङमा हत्या एवं लागू औषध कारोवारीका रूपमा सजाय काटिरहेकी छिन् ।