प्रिय सखी
समाजमा नानीचा, प्याउली, मञ्जु, नानीजस्ता कति महिला छन्, जसका इच्छा–आकांक्षा समयको भेलसँगै बगिरहेका छन् ।
नेपाली कांग्रेसका महिला नेतृहरूले स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन पार्टी नेतृत्वलाई दबाब दिन थालेका छन् । कांग्रेसको भातृ संगठन नेपाल महिला संघका पदाधिकारीहरूले गत महिना पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उम्मेदवार बनाउन दबाब दिएका हुन् । नेपाल महिला संघका पदाधिकारीले उम्मेदवारी चयन गर्ने निकायमा आफूहरूको प्रतिनिधित्व अनिवार्य गराउन पनि माग गरेका थिए ।