Successfully Copied

असम्भव केही छैन

गत महिनाको विशेष सामग्रीअन्तर्गत प्रकाशित असम्भव केही छैन सार्‍है मन पर्‍यो । प्रकृतिले नै ठगेको अवस्थामा समेत हिम्मत नहारी उदाहरणीय काम गर्ने साहसी दिदीबहिनीहरूलाई सलाम छ । हामीकहाँ अझै पनि अपाङ्गहरूलाई हेर्ने दृष्टि त्यति सकारात्मक छैन ।

गत महिनाको विशेष सामग्रीअन्तर्गत प्रकाशित असम्भव केही छैन सार्‍है मन पर्‍यो । प्रकृतिले नै ठगेको अवस्थामा समेत हिम्मत नहारी उदाहरणीय काम गर्ने साहसी दिदीबहिनीहरूलाई सलाम छ । हामीकहाँ अझै पनि अपाङ्गहरूलाई हेर्ने दृष्टि त्यति सकारात्मक छैन । उनीहरूलाई अनेकौं प्रकारले मानसिक यातना दिने काम गरिन्छ । जानेर वा नजानेर गरिने त्यस्ता क्रियाकलापले उनीहरूको मनमा ठूलो चोट पुर्‍याउँछ । त्यस्ता तमाम चोटहरूसँग संघर्ष गर्दै अघि बढ्नु निश्चय पनि सरल हुँदैन ।

कसैले सहानुभूतिका नाममा तिमी कमजोर छौ, केही गर्न सक्दैनौ, तिमी दयाका पात्र हौ भन्दा कति ग्लानि होला भन्ने कुरा सबलाङ्गहरूले मनन गर्नु आवश्यक छ । उनीहरू विशेष क्षमतायुक्त हुन्छन् भन्ने कुरा ख्याल गर्दै के कुरामा सहयोग गर्न सकिन्छ त्यसमा सावधानीपूर्वक केन्द्रित हुनु हाम्रो दायित्व हो । हामीले आफ्नो दायित्व पूरा गर्‍यौं भने अपाङ्गहरूले आँसु झार्नु पर्दैन । सबैको स्वाभाविक साथ एवं सहयोग पाए उनीहरूका लागि असम्भव केही छैन भन्ने कुराका उदाहरण नारीमा प्रकाशित तिनै उच्च प्रतिभाशाली व्यक्तित्वहरूलाई हेरे पुग्छ ।

सरिना भण्डारी, काभ्रे 

 Image