Successfully Copied

यसरी बनाऔं खुसीको पासवर्ड

घुम्ने रुचि छ अथवा कुनै विशेष ठाउँको भ्रमणमा जाने इच्छा छ भने त्यसका लागि आजैबाट थोरै भए पनि सेभिङ गर्न सुरु गरौं ।

घुम्ने रुचि छ अथवा कुनै विशेष ठाउँको भ्रमणमा जाने इच्छा छ भने त्यसका लागि आजैबाट थोरै भए पनि सेभिङ गर्न सुरु गरौं । जब पैसा बचत गर्न थालिन्छ तब आफ्नो सपनाको गन्तव्यका बारेमा कल्पना गरेर पुलकित हुन सुरु गरौं । आवश्यक रकम जम्मा गरिसकेपछि टिकट बुक गरौं । बुकिङको तिथि र गन्तव्य स्थानलाई मोबाइल वा ल्यापटपको पासवर्ड बनाऔं । जब–जब पासवर्ड टाइप गरिन्छ तब मुहारमा खुसी झल्किन्छ । कामको बोझिलो परिस्थितिमा पनि आफ्नो खुसीको पासवर्डले रिफ्रेस गराउँछ ।

स्मार्ट टिप्स

  • वजन घटाउन स्लिम तथा सेक्सी पासवर्ड राखौं ।
  • घर खरिदका लागि ड्रिम होम पासवर्ड राखौं ।
  • अभिभावक बन्ने चाहना छ भने माइ बेबी शब्द चयन गर्न सकिन्छ ।
  • गाडी किन्ने चाहना छ भने लङ ड्राइभ शब्दलाई ल्यापटप वा मोबाइलको पासवर्ड बनाऔं ।
  • स–साना खुसीको ख्याल राखौं ।

खुसी हुनका लागि स्टार होटलमा खानैपर्छ वा अन्तर्राष्ट्रिय घुमघाममा जानुपर्छ भन्ने छैन । स–साना कुरा र क्रियाकलापले पनि खुसी प्रदान गछनर्् ।

  • साथीभाइ भेट्नका लागि विशेष पर्व नै कुर्नुपर्छ भन्ने छैन । हप्ता वा महिना दिनमा साथीभाइ भेटघाटमा रमाउन सकिन्छ । यस्ता क्रियाकलाप गर्नुपर्छ जसले आफूलाई खुसी तुल्याउँछ ।
  • लामो छुट्टीको पर्खाइमा मात्र नअल्मलिऔं । सप्ताहान्तमा छोटो दूरीको यात्राले पनि जीवनमा छुट्टै प्रकारको खुसी ल्याउँछ ।
  • उमेर जतिसुकै होस् खुसीको मामिलामा आफूभित्रको बालापनलाई सक्रिय बनाऔं । कहिलेकाहीँ बदमासी पनि गर्न दिऔं तब मात्र जीवनको असली खुसी प्राप्त गर्न सकिन्छ ।
  • आफ्ना रुचि एवं रहरहरू दबाएर नराखौं । डान्स, स्पोर्ट्स, पेन्टिङ, गायन आदिमध्ये जे कुरामा रुचि छ थोरै भए पनि समय निकालेर आफ्नो इच्छा पूरा गरौं । जसले जीवनलाई अझ प्रिय बनाउन सहयोग गर्छ ।
  • अरूलाई खुसी दिँदा बढी सन्तुष्टि प्राप्त हुन्छ । तसर्थ जीवनमा यस्तो काम गरौं जसबाट अरुको मुहारमा खुसी ल्याउन सकियोस् । उसको खुसी अवश्य पनि आफ्नो अनुहारमा झल्कन्छ ।

 Image