Successfully Copied

कस्तो सेपका लागि कस्तो पहिरन ?

कम्मरभन्दा तल्लो भाग मोटो छ यसमा विशेष ध्यान दिनुपर्छ । यसका लागि स्ट्रेट कट जिन्स पाइन्ट लगाउनुपर्छ सिगरेट पाइन्ट लगाउनु हुँदैन ।

कम्मरभन्दा तल्लो भाग मोटो छ यसमा विशेष ध्यान दिनुपर्छ । यसका लागि स्ट्रेट कट जिन्स पाइन्ट लगाउनुपर्छ सिगरेट पाइन्ट लगाउनु हुँदैन । स्कर्टका लागि सफट फेब्रिक जस्तै क्रेप, लाइक्रा, कार्डराय आदि छनोट गर्नुपर्छ । यसले हिप्स फिट देखाउँछ । पाइन्ट वा स्कर्ट नाइटो भन्दा तल लगाउनुपर्छ । टप वा कुर्ताको नेकलाइन चौडा हुनुपर्छ । एम्पाएर लाइन भएको पहिरन लगाउनुपर्छ । कुर्ताको लम्बाइ खुट्टाको लम्बाइअनुसार चयन गर्नुपर्छ । दुई रंगयुक्त पहिरन चयन गर्नुपर्छ । 

एप्पल सेप 

माथिल्लो भाग ठूलो भए त्यो शारीरिक संरचना एप्पल हो । सिगरेट वा स्लिम पाइन्ट लगाउँदा मानिसहरूको ध्यान पातलो कुर्कुच्चामा पर्छ । त्यसैले यस्तो पाइन्ट लगाउनु हुँदैन । सिम्पल पाइन्ट लगाउनुपर्छ जसमा प्लिट्स, बेस्ब्याण्ड तथा पकेट होस् । पेन्सिल स्कर्ट लगाउनुपर्छ । यसले कद लामो देखिन्छ । ठूला साइनको टप र कुर्ता लगाउनु हुँदैन । टपको फेब्रिक चयन गर्दा पातलो खालको फेब्रिक चयन गर्नुपर्छ । कुर्ता लगाउँदा हिप्सको तलसम्म हुने लगाउनुपर्छ । यसले हिपलाई कभर गर्छ । 

भी वा चौडा कुर्ताले शरीरलाई पातलो देखाउँछ । 

प्लम्प सेप

सही तरिकाले प्लम्पी हुनुहुन्छ भने तपाईं भाग्यमानी हुनुहु्न्छ । हात टोन छ भने स्लिभलेस सर्ट लगाउनुपर्छ । फिटिङ पहिरनमा स्लिम देखिन्छ । टप वा कुर्ताका लागि फरक प्रिन्टेड फेब्रिकको चयन गर्नुपर्छ । अधिक एसेसरिज लगाउनु हुँदैन । 

 Image