सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।

मण्डला थिएटरसँगको सहकार्यमा थिएटरकै एघारौं ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुति एकबोली एक दाम मण्डला थिएटरमा फागुन महिनाभरि मञ्चन गरियो । गोविन्द पराजुलीको यो नाटकलाई सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली दन्त्यकथालाई नाट्य स्वरूप दिइएको एकबोली एक दाम पूर्णरूपले मनोरञ्जक नाटक हो । जीवन भट्टराई, सुदाम सिके, शक्ति राई, संगीत सापकोटा, आधा सूर तथा दीपक श्रेष्ठले अभिनय गरेको यो नाटकका परिकल्पनाकार एवं निर्देशक प्रवीण खतिवडा हुन् ।