कलामा बिम्बित महिला अधिकारका मुद्दा
दक्षिण एसियाका १० चर्चित कलाकारका सिर्जनाले महिला अधिकारका मुद्दालाई गहिरो विश्लेषण र संवेदनशील दृष्टिकोणबाट प्रस्तुत गरेका छन् । सामाजिक संरचनामा भएको असमानता र महिलाको प्रतिरोधको महत्व पनि कलामा उजागर भएको छ ।
मण्डला थिएटरसँगको सहकार्यमा थिएटरकै एघारौं ब्याचका प्रशिक्षार्थीहरूको प्रस्तुति एकबोली एक दाम मण्डला थिएटरमा फागुन महिनाभरि मञ्चन गरियो । गोविन्द पराजुलीको यो नाटकलाई सिजन दाहालले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली दन्त्यकथालाई नाट्य स्वरूप दिइएको एकबोली एक दाम पूर्णरूपले मनोरञ्जक नाटक हो । जीवन भट्टराई, सुदाम सिके, शक्ति राई, संगीत सापकोटा, आधा सूर तथा दीपक श्रेष्ठले अभिनय गरेको यो नाटकका परिकल्पनाकार एवं निर्देशक प्रवीण खतिवडा हुन् ।