मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
खुस्बु राना, फेसन डिजाइनर
नेपाली युवापुस्ता फेसन डिजाइनिङतर्फ पनि आकर्षित छ । तिनै युवा फेसन डिजाइनरमध्ये एक खुस्बु राना चर्चामा रहेकी डिजाइनर हुन् । २ वर्षदेखि विभिद नामक बुटिक सञ्चालन गरिरहेकी खुस्बुले छोटो समयमै चर्चा मात्र होइन दाम पनि कमाएकी छिन् । नवलपरासीबाट आएर एउटी २० वर्षकी केटीले बुटिक खोलेर चर्चित बन्नुपछाडिको मुख्य कारण उनको कडा मेहनत नै हो । पार्टनरसिपमा ऋण लिएर सुरु गरिएको खुस्बुको बुटिक अहिले ऋणरहित तथा एकल स्वामित्वमा छ ।
सुरुमा डान्स र मोडलिङबाट करिअर सुरु गरे पनि पछि फेसन डिजाइनिङमा रमाउन थालेकी खुस्बु गुणस्तरमा सम्झौता गर्दिनन् । उनका ५० प्रतिशत ग्राहक विदेशी छन् भने ५० प्रतिशत स्वदेशी । अहिले युके, अमेरिका, दुबई, अस्ट्रेलिया, जापान आदि मुलुकका बुटिकमा उनका डिजाइन पुग्छन् । सिर्जनात्मक काम गर्न सके फेसन डिजाइनिङ युवापुस्ताका लागि प्रचुर सम्भावनायुक्त क्षेत्र भएको खुस्बुको धारणा छ ।