Successfully Copied

अपेक्षा मिस ब्युटिफुल र सुनिता मिसेस् ब्युटिफुल नेपाल

गत पुष २७ गते बुधबार विवाहित महिला र अविवाहित युवती एउटै मंञ्चमा आ–आफ्नो विधाको मुख्य अवार्ड विजेता बन्ने दौडधुपमा देखिए । प्रसंग थियो ‘मिस एण्ड मिसेस् ब्युटिफुल नेपाल २०१७’ को । दक्ष इन्टरनेसनल प्रा.लि.ले आयोजना गरेको सो प्रतिस्पर्धात्मक कार्यक्रममा मिस ब्युटिफुल नेपाल तर्फ

गत पुष २७ गते बुधबार विवाहित महिला र अविवाहित युवती एउटै मंञ्चमा आ–आफ्नो विधाको मुख्य अवार्ड विजेता बन्ने दौडधुपमा देखिए । प्रसंग थियो ‘मिस एण्ड मिसेस् ब्युटिफुल नेपाल २०१७’ को । दक्ष इन्टरनेसनल प्रा.लि.ले आयोजना गरेको सो प्रतिस्पर्धात्मक कार्यक्रममा मिस ब्युटिफुल नेपाल तर्फ वेष्ट स्माइल उपाधि सहित अपेक्षा ढुंगाना विजयी बनिन् भने मिसेस् ब्युटिफुल तर्फ वेष्ट हेयर र वेष्ट पर्सनालिटी अवार्ड सहित सुनिता कर्माचार्य विजेता घोषित भइन् । जमलस्थित राष्ट्रिय नाचघरमा संचालन भएको सो प्रतिस्पर्धामा मिस तर्फ  वेष्ट स्पिच र ट्यालेन्ट अवार्डसहित एलिना बस्नेत फस्ट रनर अप, क्याटवाक अवार्ड सहित कृति सिग्देल सेकेन्ड रनर अप तथा युनिशा लामा मोस्ट फोटोजेनिक अवार्ड सहित थर्ड रनर अप चयन भएका थिए । 

मिसेस् तर्फ वेष्ट फिटनेस सहित अवार्ड सहित विना तामाङ फस्ट रनर अप तथा वेष्ट स्किन अवार्डसहित अमृता राना सेकेन्ड रनर अप छनौट भएका थिए । मिसेस् तर्फको अन्य विधामा मस्ट पपुलर, बेस्ट फिजिक्स र फेसबुक च्वाइसमा सोनी चौरसिया, बेस्ट क्याटवाक र बेस्ट फोटोजेनिकमा समिता श्रेष्ठ, ट्यालेन्टमा रेखा सिंगल तथा मस्ट फ्रेन्ड्लीमा पुष्पा बज्राचार्य उत्कृष्ट घोषित भएका थिए ।

 

मिसतर्फको अन्य विधागत अवार्डमा मस्ट पपुलरमा बिन्दु न्यौपाने, बेस्ट हेयर र मस्ट फ्रेन्डलीमा अरिजा शाक्य, बेस्ट स्किनमा रोजी कपाली, बेस्ट पर्सनालिटीमा दिपाशा कपाली, मस्ट चार्मिङमा रोशनी अधिकारी, बेस्ट फिटनेसमा कबिता रिजाल, मिस कन्जनालिटीमा रोजिना बानियाले बाजी मारेका थिए । यसैगरी मस्ट डिसिप्लिनमा पुजा लामिछाने, मस्ट बिउटिफुल आईजमा स्वस्तिका श्रेष्ठ, बेस्ट फिजिक्समा मनिषा महर्जन, फेसन आइकन अवार्डमा चण्डिका श्रेष्ठ, मस्ट एक्टिभमा नन्दनी श्रेष्ठ, मस्ट कन्फिडेण्समा रेबिका ढुंगेल, फेसबुक च्वाईसमा मनिला थापा र म्यानेजमेन्ट च्वाईसमा प्रियंका शाहले आफूलाई अब्बल साबित गरेका थिए । 

 Image