Successfully Copied

टुरिजमको बदलिँदो स्वरूप

केही वर्षअघिसम्म छुट्टी मनाउन पोखरा जानुपर्दा पनि महाभारत हुन्थ्यो । घुम्न एवं खान–बस्नका लागि पैसा, लत्ताकपडा, टिकट आदिको जोहो गर्दैमा घुम्न जानुको मज्जा हराइसकेको हुन्थ्यो । अहिले मुलुकभित्र सञ्चालित ट्राभल एजेन्सीहरूले देशभित्रका लागि मात्र होइन विदेशका लागि समेत सस्तो दरमा प्याकेज टुरको व्यवस्था

केही वर्षअघिसम्म छुट्टी मनाउन पोखरा जानुपर्दा पनि महाभारत हुन्थ्यो । घुम्न एवं खान–बस्नका लागि पैसा, लत्ताकपडा, टिकट आदिको जोहो गर्दैमा घुम्न जानुको मज्जा हराइसकेको हुन्थ्यो । अहिले मुलुकभित्र सञ्चालित ट्राभल एजेन्सीहरूले देशभित्रका लागि मात्र होइन विदेशका लागि समेत सस्तो दरमा प्याकेज टुरको व्यवस्था मिलाएका छन् । उहिले पैसा भएर पनि माध्यम थाहा नपाउँदा इच्छा लागेको ठाउँ घुम्नबाट वञ्चितहरू अहिले ट्राभल एजेन्सीले विभिन्न ठाउँ र मुलुकका लागि सञ्चालन गरेको प्याकेज टुरमा रम्न थालेका छन् ।

पहिले विदेश जाने नाममा छिमेकी मुलुक भारतसम्म पुग्ने नेपालीहरू आज यस्ता सुविधा उपभोग गर्दै युरोप–अमेरिका सयर गरिरहेका छन् । यस्ता प्याकेज टुरभित्र खाने–बस्नेलगायत घुम्ने लोकेसनसम्मको व्यवस्था गरिने हुँदा कहाँ बस्ने, के खाने, कहाँ घुम्न जाने, टिकट कहाँ, कसरी र कति मूल्यमा किन्ने जस्ता झन्झटबाट मुक्त भइन्छ । त्यसैले त हिजोआज थाइल्यान्ड, सिंगापुर, मलेसिया आदि ठाउँमा मध्यम वर्गीय नेपालीहरू पनि पुग्न थालेका छन् । 

 Image