Successfully Copied

पहिरन दुलहाका लागि

विवाह भन्नासाथ धेरैजसोको पहिलो ध्यान दुलहीको पहिरन, मेकअप तथा गहनामा जान्छ तर दुलहाका लागि भने त्यतिविधि ध्यान दिइएको पाइँदैन । दुलहाका लागि एक–दुई जोर दौरा–सुरुवाल वा सुटसम्म बनाइन्छ । यद्यपि अहिलेका दुलहाहरू पनि स्टाइलिस्ट देखिने चाहना राख्छन् ।

विवाह भन्नासाथ धेरैजसोको पहिलो ध्यान दुलहीको पहिरन, मेकअप तथा गहनामा जान्छ तर दुलहाका लागि भने त्यतिविधि ध्यान दिइएको पाइँदैन । दुलहाका लागि एक–दुई जोर दौरा–सुरुवाल वा सुटसम्म बनाइन्छ । यद्यपि अहिलेका दुलहाहरू पनि स्टाइलिस्ट देखिने चाहना राख्छन् । उनीहरू कसरी आकर्षक देखिने भनेर विभिन्न बुटिक तथा टेलरिङ सपहरू पुग्छन् भने बजारमा के–कस्तो ट्ेरन्ड छ भन्ने बुझेर डिजाइन तथा कलर रोज्छन् ।

धेरै पहिले दौरा–सुरुवाल लगाउने दुलहाहरू बीचमा सुटप्रति आकर्षित भए पनि अहिले पुन: डिजाइनर दौरा–सुरुवाल लगाउने चलन छ । दौरा–सुरुवालमा राम्रो प्रिन्टको ढाका नै धेरैले रुचाएको पाइन्छ यद्यपि दौरा–सुरुवालको डिजाइनमा भने केही परिवर्तन आएको छ । पहिले दुलहाले दौरा–सुरुवालमा सेतो पटुका लगाई खुकुरी भिर्ने चलन थियो भने अहिले भेल्भेटमा ह्यान्डवर्क गरिएको डिजाइनर पेटी लगाउने चलन छ । ढाकामा पनि जरी तथा साइनिङ आउने फेब्रिक प्रयोग हुन्छ । खुकुरीको कभर पनि डिजाइन गरिएको हुन्छ । दुलहाको टोपी पनि दौराकै म्याचिङमा हुन्छ । अहिले जुत्ता पनि दौरा–सुरुवालकै म्याचमा बनाइन्छ । 

एकताका कतिपय दुलहाले शेरवानी लगाउने चलन पनि थियो तर त्यो धेरै समय टिकेन । शेरवानी विवाहको दिनभन्दा इंगेजमेन्ट तथा पार्टीको दिन अहिले पनि कतिपय दुलहाको रोजाइमा परेको देखिन्छ । यद्यपि शेरवानी दुलहाले भन्दा दुलहा–दुलहीका परिवारले बढी लगाउँछन् । 

अहिले बाहुन–क्षेत्री समुदायका दुलहाहरूले दौरा–सुरुवाल मन पराएजस्तै नेवार समुदायका दुलहाहरू पनि दौरा–सुरुवाल नै मन पराउन थालेका छन् । नेवार समुदायका कतिपय दुलहा भने सुटमै ठाँटिन रुचाउँछन् । सुटको ट्ेरन्ड वर्षैपिच्छे फरक–फरक भए पनि व्यक्तिको रुचिअनुसार त्यसको डिजाइन तयार गरिन्छ ।

गत वर्षसम्म दुलहाका लागि साइनिङ पाइपिङ डिजाइनको सुट निकै चलेको थियो । यो कोरियन मुभीबाट प्रभावित डिजाइन हो तर अहिले यो डिजाइनको फेसन आउट भएको छ भने दुई बटन तथा सिंगल बटनका सुट फेसनमा छन् । अहिले श्रेष्ठ टेलरिङ, रेमन्ड, लुइस क्राउन, सनपरीजस्ता दर्जनौं ठाउँमा दुलहाका लागि आवश्यक दौरा–सुरुवाल, सुट, शेरवानी, सर्ट–पाइन्ट, टोपी, बेल्ट, मोजा, जुत्ता, खुकुरी कभरदेखि आवश्यक सबै सामग्री उपलब्ध हुन्छन् । गुन्यू–चोलो, ड्रिम वेयर, उत्तम्स क्रियसन, एसम्यामजस्ता बुटिकहरूमा पनि दुलहाका लागि सुट, शेरवानी, दौरा–सुरुवाल, टोपी तथा भेल्भेट बेल्टहरू तयार पारिन्छ । 

 Image