Successfully Copied

न्याना सामग्रीको बजार

नेपाली बजारमा सानादेखि ठूला ब्राण्डका ग्यास हिटर भित्रिएका छन् ।

ग्याँस हिटर 

नेपाली बजारमा सानादेखि ठूला ब्राण्डका ग्यास हिटर भित्रिएका छन् । जाडो महिनामा हेलोजेन हिटरदेखि ग्यास हिटरसम्मको माग उत्तिकै रहेको कुमारीपाटिस्थित सूर्य ट्रेडर्सका मनोज महर्जन बताउछन् । नेपाली ग्राहकहरुको बजेट अनुसार सबैले एसी खरीद गर्न सक्दैनन् । त्यसको विकल्पमा हिटर नै सबभन्दा उपयुक्त हुन्छ । नेपाली बजारमा हिटर ९ सय रुपैयादेखि माथि मूल्य तिरेर खरीद गर्न सकिन्छ ।

लोड सेडिङ भैरहने भएकाले बिजुलीले चल्नेभन्दा ग्यास हिटरको माग बढिरहेको छ । सानो परिवारका लागि एक सिलीन्डर ग्यासले १ महिना हिटर चलाउन सकिने महर्जन बताउँछन् । अहिले बजारमा थरीथरीका ग्यास हिटर उपलब्ध छन् । पोर्टेबलदेखि स्टयान्ड फायन  तथा स्पेश हरेक हिटरको उपयोगीता उस्तै छन् । मूल्यअनुसार गुणस्तर तथा टिकाउपन भने फरक–फरक हुन्छ । यस्ता हिटर राम्रोसँग प्रयोग गरे वर्षौसम्म चल्नसक्छ । अहिले एक स्थानबाट अर्को स्थानमा लिएर जान हिटरहरुमा चक्का पनि राखिएको हुन्छ । 

नेपाली बजारमा रहेका लोकप्रिय ब्राण्ड 

हिसेन्स , फगोर , फजीक्स , आकिरा , बाल्ट्रा , सिजी , एल्जी , कलर्स । 

ग्यास गिजर 

जाडो महिना बढदै जादा नुहाउनेदेखि अन्य घरायसी कार्य गर्न निकै कठिन हुन्छ । चिसो पानीको दिनहुको प्रयोगले स्वास्थ्यमा पनि असर पुर्‍याउन सक्छ । सदैव ग्यासस्टोभमा पानी उमालेर नुहाउने तथा लुगा धुने कार्य निकै खर्चिलो हुन्छ । त्यसैले जाडो महिनामा तातो पानीका गिजर उपयुक्त किल्प हुनसक्छ । गिजरमा विद्युत तथा ग्यासको माध्यमबाट पानी तताउन सकिन्छ ।

नेपालमा लोड सेडिङको समस्या बढी भएकाले बिद्युतियभन्दा ग्यास हिटर उपयोगी हुने देखिन्छ । यसका अलावा सौर्य ऊर्जाबाट चल्ने गिजरको माग पनि बढेको छ । बिगत केहि समयदेखि यस्ता गिजरहरुको माग बढिरहेको छ । जाडोमा कामेर काम गर्नुभन्दा तातो पानीमा रमाइ काम गर्दाको आनन्द फरक हुन्छ । घरमा गिजर जडान गर्दा आफनो परिवारको आकार तथा पानीको पूर्तिको विषयमा बिचार पुर्‍याएर जडान गर्नुपर्छ ।

ग्यास गिजरलाइ आफुलाइ चाहिएको कहि पनि जडान गर्न सकिन्छ । आजभोली अफिसहरुमा पनि यसको प्रयोग बढेको छ । दुर्गा व्युटिपार्लरकी दुर्गा श्रेष्ठ जाडो महिनाका लागि ग्यास गिजर बरदान भएको बताउछिन् । उनी भन्छिन्, ‘पहिले जाडो महिना आयो कि पानी तताउने झन्झटिलो कार्य सम्झेरै दिक्क लाग्थ्यो । सधैं बिजुली नहुने भएकाले धेरै ग्राहक फर्काउन पथ्र्याे तर अहिले सजिलो भएको छ । ग्यास गिजर अन गर्ने बित्तिकै तातो पानीमा काम गर्न सकिन्छ । यसले आत्मबिश्वास बढाएको छ । घरको भान्सा तथा बाथरुम सबैमा यो गिजर जडान गरेकी छु   । खासै महंगो नपर्ने यो निकै उपयोगी छ । अरु गिजर पनि उपयोगी  छन् तर यो प्रयोग गर्न सजिलो छ ।’

घरमा गिजर जडान गर्दा कस्तो शक्ति प्रयोग गर्ने निक्र्यौल गर्नु पर्छ । त्यो कत्तिको सजिलै पाइन्छ, त्यसको खर्च कति हुन्छ, सजिलै जडान गर्न सकिन्छ कि सकिदैन जस्ता यावत् कुरा विचार गरी गिजर चयन गर्नुपर्छ । गिजर खरीद गरेपछि ग्यारेन्टि कार्ड पनि लिनुपर्छ । कुनैपनि सामान खरीद गर्दा गुणस्तर, ब्राण्ड तथा सामानको फिचर हेरेर खरीद गर्नुपर्छ ।

नेपाली बजारमा लोकप्रिय ब्राण्डहरु 

हिलटेक , इलेक्ट्रोलक्स , बाल्ट्रा , हिसेन्स , सीजी , एलजी , फेगोर । 

सोलार 

जाडोमा  सोलार हिटर बरदान सावित भैसकेको छ । सोलार हिटरले सूर्यको माध्यमबाट पानी तताउछ । यसका लागि अन्य ऊर्जाशक्ति आवश्यकता पर्दैन । यो घरको घाम लाग्ने स्थानमा जडान गरिन्छ । यसमा रहेको प्यानलका माध्यमबाट पानी तातो बन्छ । आफनो परिवारको आकार अनुसार प्यानल बढाउन तथा घटाउन सकिन्छ । बजेटको समस्या छैन भने सोलार जडान गरेर सदासर्वदा  तातोपानीको मज्जा लिन सकिन्छ ।  यसमा कम्पनीले ग्यारेन्टि पनि दिन्छ ।

घाम नलाग्दा बाहेक अरु हरेक समय सोलार हिटरले तातोपानी दिन सक्छ । यसलाइ एक पटक जडान गर्दा प्यानल अनुसार २० हजारदेखि १ लाख रुपैयासम्म पर्न आउछ । करिव डेढ दशकदेखि शुरु भएको यसको कारोवार दिनहु बढिरहेको व्यापारीहरु बताउछन् । रिपव्लिक ट्रेडर्सका दिनेश शर्मा ब्राण्ड राम्ररी हेरेर सोलार हिटर खरीद गर्नुपर्ने बताउछन् । बजारमा अहिले बिविध ब्राण्ड छन् । नराम्रा ब्राण्डले एकै वर्षदेखि दुख दिन शुरु गर्ने उनी बताउछन् । अहिले बजारमा टाटा डेल्टा, सोलार प्रो, लोटस इनर्जी, काइनेटिक इनर्जी तथा टाटा सनको व्यापार राम्रो भएको शर्मा बताउँछन् । उनी यसमा एकै पटक लगानी गर्नुपर्ने हुदा बजारमा राम्ररी बुझेर राम्रो ब्राण्डको सोलार जडान गर्ने सल्लाह दिन्छन् । 

जाडोमा न्यानो सामग्री खरीद गर्दा  (बक्समा)

जाडोमा मात्र होइन जुनसुकै बेलामा सामग्री खरीद गर्दा त्यसको ब्राण्ड, फिचर, ग्यारेन्टी तथा वारेन्टीका विषयमा सजग हुनुपर्छ । जाडोका सामग्रीको कुरा गर्दा तिनले कोठा अथवा प्रयोग गरिने स्थानलाई कत्तिको न्यानो बनाउँछन् त्यो पनि बुझ्नुपर्छ । अहिले नेपाली बजारमा नक्कली सामानको बिगबिगी छ त्यसबारे निकै विचार पुर्‍याउनुपर्छ । आफनो घरमा यस्ता सामग्री चलाउने माध्यम केके छन् । जडान गर्दा कुनै समस्या आउछ कि आउदैन ।

आफनो घरमा उपलब्ध ऊर्जाले उक्त सामान चल्छ कि चल्दैन बिचार पुर्‍याउनु पर्छ । सामान खरीद गरेपछि यसको मरम्मत, वारेन्टि तथा पाटर््सबारे जानकारी लिनु पर्छ । सामान जडान गरेर पनि एकपटक जाच गरेपछि मात्र ढुक्क हुनुपर्छ ।  

 Image