लोटसको प्रोब्राइट
लोटस हर्बलले भारतकै पहिलो छालाको स्याहार गर्ने प्रोबायोटिक ब्रान्ड उपलब्ध गराएको छ । यसमा छालाको स्याहारका लागि सात प्रकारका समयानुकूल उत्पादन समावेश छन् ।
डा. गरिमा श्रेष्ठले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याड तयार पारेकी छिन् । यो सुलभ हुनुका साथै वातावरणमैत्री समेत छ । कपडा प्रयोग गरी निर्माण गरिएको यो सेनिटरी प्याड सुरक्षित पनि छ ।
केही स्कुलमा यससम्बन्धी कार्यक्रम पनि गरिसकेको डा. श्रेष्ठले बताइन् । यो सेनिटरी प्याड प्रयोगपछि धोएर फेरि प्रयोग गर्न सकिन्छ भने यस्तै प्याड घरमा कटनका कपडाबाट घरमै पनि बनाउन सकिन्छ ।
डा. गरिमाको अवधारणामा बनेको यो प्याड उनकी आमाले डिजाइन गरेकी हुन् । यस्तो प्याड ६ महिनासम्म प्रयोग गर्न सकिने बताइएको छ ।