विश्व मधुमेह दिवसमा पाटन प्याथ ल्याबको नि:शुल्क शिविर सम्पन्न

नारी संवाददाता

कार्तिक ३०, २०७३  

पाटन प्याथ ल्याबले सोमबार विश्व मधुमेह  दिवसका अवसरमा नि:शुल्क शिविरको आयोजना गरेको छ । उक्त अवसरमा नियमित जाँचका लागि आउने र अन्य सुगरका बिरामीहरूको नि:शुल्क बल्ड सुगर टेस्ट गरी प्याथ ल्याबले सेवा प्रदान गरेको थियो । 

शिविरमा डाइबिटिज विशेषज्ञ डा. दीपक मल्लले नि:शुल्क बिरामी जाँच तथा परामर्श गरेका थिए । त्यसअन्तर्गत १ यस ५० जना बिरामीले नि:शुल्क स्वास्थ्य सेवा पाई लाभान्वित भएका थिए । पाटन प्याथ ल्याबका संचालक रेशम भट्टराईका अनुसार शिविरमा गरिएको जाँचका आधारमा पुरुषहरूमा नै सुगरको समस्या देखिएको उनले जानकारी दिए । 

डाइबिटिज कुनै पनि उमेर समूहका पुरुषहरूमा लाग्न सक्ने रोग भएकाले नियमित रूपमा सुगर परीक्षण गराउन सके स्वास्थ्यमा ठूलो समस्या नआउने उनको तर्क छ ।  यसैगरी विश्व मधुमेह दिवसका अवसरमा पाटन प्याथ ल्याबले निशु:ल्क थाइराइडको परीक्षण गरेको थियो । उक्त जाँचका क्रममा धेरै महिलामा थाइराइडको समस्या भएको  पाइएको छ ।

१२ वर्ष माथिका कुनै पनि उमेर समूहका महिला तथा पुरुषहरूमा थाइराइड रोग लाग्न सक्ने सम्भावना हुन्छ । यसरी  मानव स्वास्थ्यसँग जोडिएका कुनै पनि दिवसमा सोहीअनुसारको नि:शुल्क सेवा प्रदान गर्दै आइरहेको पाठन प्याथ ल्याबले आगामी दिनमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणको पनि जाँच गर्ने योजना बनाएको छ । 

तस्विरहरु : नवराज वाग्ले 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>