२०७९ साल फागुन महिनाको राशिफल
मेष कसै–कसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । परिवार, आफन्त एवं मित्रवर्गबाट अपेक्षित सहयोग र सद्भाव पाइनेछ । आर्थिक एवं व्यापारिक दुवै क्षेत्र सफल रहनेछन् ।
मानव बेचबिखनविरुद्ध क्रियासिल संस्था शक्ति समूहले बेलायतमा फेरि अर्काे ५० हजार अमेरिकी डलर अर्थात् ५३ लाख रुपैयाँको ‘विथ एण्ड फर गल्र्स अवार्ड’, जितेको छ । सोमवार आयोजित पत्रकार सम्मेलमा शक्ति समूहले प्राप्त गरेको सो रकम बेचबिखन तथा यौनजन्य हिंसाबाट प्रभावित किशोरीहरुको शिक्षादिक्षा र स्वावलम्वी कार्यक्रममा खर्च गरिने अध्यक्ष बालकुमारी रानाले जानकारी दिइन् ।
यसअघि, शक्ति समूहले अमेरिका, बेलायत, स्वीडेन, ताइवानलगायतका दशेबाट अवार्ड पाइसकेको छ । यसैगरी, एशियाको नोबल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार समेत शक्ति समूहले जितिसकेको छ।
हालैमात्र लण्डनमा आयोजित कार्यक्रममा अवार्ड तथा पुरस्कार प्राप्त गरेपछि शक्ति समूहकी कार्यकारी निर्देशक सुनीता दनुवारले थप अर्काे अन्तर्राष्ट्रिय सम्मानले बेचबिखनविरुद्धको अभियानले विश्वव्यापीकरण पाएको बताएकी छिन् ।