Successfully Copied

रोजन र स्पर्शीले जिते किडी फेश अफ द एयर – २०१६ को उपाधी

बालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किडी फेश अफ द एयर २०१६ को दोश्रो संस्करणमा रोजन कार्की र स्पर्शी मैनालीले उपाधी हात पारेका छन् ।

बालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित किडी फेश अफ द एयर २०१६  को दोश्रो संस्करणमा रोजन कार्की र स्पर्शी मैनालीले उपाधी हात पारेका छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा प्रनिश श्रेष्ठ र तिमिला नकर्मीले फस्ट रनरअपको उपाधी जितेका छन् । त्यसैगरी प्रशन्न तिमल्सिना र श्रृष्टी श्रेष्ठले सेकेन्ड रनरअपको अर्वाड हासिल गर्न सफल भएका छन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगिताको कोरियोग्राफी राज फैजूले गरेका थिए । उपाधीसंगै छ जनालाई आयोजक संस्थाकी कार्यकारी निर्देशक श्रीषा बैदार फैजुले विभिन्न उपहारहरु प्रदान गरेका थिए । बिजुली मेशिन फिल्मले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रममा विभिन्न कलेज, विद्यालयल र संस्थाहरुको उल्लेख्य  सहयोग गरेका थिए । कृष्टिना थापाल वेष्ट ड्रेसमा,  स्पर्शी मैनालीले डान्सिङ्गमा, कृष्टिना गौलीले बेस्ट इस्माइलमा, स्मृती गौतमले इनरजेटिकमा, स्मारिका घिमिरेले डिसिपेल्नमा, दिपज्वल चौलागाईले पर्सनालिटीमा, क्रेन्जिला शर्माले बेस्ट वाकमा, तिमिला नकर्मीले फोटोजेनीकमा, श्रृष्टी श्रेष्ठले ट्यालेन्टमा, फिओना डंगोलले पङ्गच्यूयालिटीमा, जेनिशा श्रेष्ठले क्यूटमा, निकिता खड्गीले भियोर चोव्इसमा अर्वाड जितेका छन् ।

प्रतियोगिताको प्रमुख अतिथीमा ने.क.पा.एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीज्यू को उपस्थिती थियो भने निर्णायकमा एनबि बैंकका  मार्केटिङ डाइरेक्टर प्रतिभा लिम्बु ताम्राकार, रोथो स्किन केयरका अमेश शर्मा, कस्मेटोलोजिस्ट डा. रितिका अधिकारीक, प्रिमियर इन्टरनेस्नल स्कुलका किरिकुलम डाइरेक्टर प्रिविना थापा, गायक सुरोज कुमार थापा, हब इन्टरनेस्नल एजुकेशनका विजय शिवाकोटी रहेका थिए ।

कार्यक्रममा ने.क.पा.एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीवाट हाइड एण्ड सिककी प्रिन्सिपल कुमुद भट्ट, आइसी ग्रुपकी  शैलेजा अधिकारी, बैंक अफ काठमाडौं लुम्बिनी बैंककी अपरेसन म्यानेजर अन्जु पन्त, सोसल ओर्कर नलिन सेन थापा, ककटेल एण्ड ड्रिक्सका सिइओ राजकुमार डि.सी., मनकामना ढाका उद्योगकी सिइओ राज्यलक्ष्मी शाक्य, स्टक ब्रोकर सरिता विष्टत  सम्मानित भए । 

टाइटल स्पोन्सर बिजुली मेशिन टिमले  कार्यक्रममा छोटो क्विज आयोजना गरि सहि उतर लाउनेलाई  विभिन्न दर्शकलााई गिफ्ट ह्याम्पर  बितरण गरेको थियो । यसैगरी, बिजुली मेशिनका प्रोड्युसर तथा कलाकारहरुले  कार्तिक २६ गते रिलिज हुने तयारीमा रहेको उक्त फिल्मका बारेमा जानकारी दिदै टिजर प्रस्तुत गरेका थिए । 

 Image