Successfully Copied

ग्रिन धनियाँ मटन

बाजेको सेकुवाले विगत ३७ वर्षदेखि ग्राहकहरूलाई एउटा अलग स्वाद चखाउँदै आएको छ । ग्राहकहरूकै मागअनुसार दसैंलाई लक्षित गरी बाजेको मसला बजारमा आएको छ ।

 

सामग्री : बोनलेस मटन २ सय ग्राम, हरियो धनियाँ २ मुठा, लसुन ५ ग्राम, अदुवा ५ ग्राम, हरियो खुर्सानी ३ पिस, कागतीको रस १ चम्चा, नुन स्वादअनुसार ।

विधि : मटनलाई फ्राइ प्यानमा ७/८ मिनेटसम्म ग्रिल गर्ने । धनियाँ, लसुन, अदुवा, हरियो खुर्सानी, कागतीको रस तथा नुनको पेस्ट बनाउने । यसरी तयार भएको पेस्टमा ग्रिल गरिएको मटन मोल्ने । यसरी ग्रिन धनियाँ मटन तयार हुन्छ । यसलाई चिउरासँग वा स्न्याक्सका रूपमा खान सकिन्छ । 

बक्समा

बाजेको सेकुवाले विगत ३७ वर्षदेखि ग्राहकहरूलाई एउटा अलग स्वाद चखाउँदै आएको छ । ग्राहकहरूकै मागअनुसार दसैंलाई लक्षित गरी बाजेको मसला बजारमा आएको छ । यसरी बजारमा ल्याइएको मसलामा बेसार, धनियाँ, खुर्सानी, मिट मसला, चिकेन मसला, बारा मसला, भेजकरी, टिम्मुर तथा जिम्बु छन् । नेपालकै दक्षिणी तराई भागबाट किसानले प्राकृतिक तरिकाले उब्जाएको मसला संकलन गरी बाजेको मसला तयार पारिने बाजेको मसलाकी निर्देशक नीतिमा कार्की बताउँछिन् । 

 Image