Successfully Copied

१३ बुदे घोषणापत्र जारी गर्दै एनआरएनको नवौ यूरोपेली बैठक सम्पन्न, एनआरएन आइसीसी वुमन फोरमको एक युरो अभियान

एनआरएन वुमन फोरमको एक युरो अभियानमा हरेक युरोपियन मुलुकमा रहेका महिलाहरुको चासो र सक्रिय सहभागिता जनाउने दढ इच्छा देखियो । एक ब्यक्ति एक यरो अभियानले नेपाली महिलाको शिक्षा, स्वास्थ्य, सीप बिकाश र स्वरोजगारका क्षेत्रमा सघाउने पुऱ्याउने एनआरएन आइसीसी डेपुटी वुमन कोअर्डिनेटर रजनी प्रधानले

युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ जुलाई २०१६ मा सम्पन्न भयो ।

गैर(आवासीय नेपाली संघ ९एनआरएनए० का अध्यक्ष शेष घलेले एनआरएनले आफ्नै भवन तथा भूकम्प पिडितका लागि संकल्प गरेको एक हजार घर निर्माण गरी छाड्ने प्रतिबद्दता ब्यक्त गर्नु भएको छ। गैर आबासीय नेपाली संघको नवौ युरोपेली क्षेत्रीय बैठकलाई आईतबार डेनमार्कको कोपेनहेगनमा सम्बोधन गर्दै अध्यक्ष घलेले यस्तो बताउँनु भएको हो। अध्यक्ष घलेले सहभागीहरुका जिज्ञासालाई सम्बोधन गर्दै घलेले आफ्नै कार्यकालमा एनआरएनको भवन र भूकम्प पिडितका लागि एक हजार घर निर्माण हुन्छ कि हुँदैन भन्नु महत्पूर्ण नभई एनआरएनले दुवै काम पुरा गरेर नै छाड्छ त्यो नै महत्पूर्ण रहेको बताउँनु भयो। शारिरिक रुपमा असक्त ब्यक्तिहरुको हितमा काम गर्ने उदेश्य बोकेकी डेनमार्क निवासी दृष्टिबिहीन ९कम देख्ने० किशोरी अनुजा गौतमलाई अध्यक्ष घलेले सबैको प्रेरेणाका लागि भन्दै गैरआवासीय नेपाली युवा दुत घोषणा गर्दै हौसला प्रदान गर्नु भयो। फलस्वरूपस् बैठकबाट अन्तराष्टिय समन्वय परिषदको युवा फोरम मार्फत शारिरिक रुपमा असक्त ब्यक्तिलाई स्वनिर्भर र स्वाभलम्भि बनाउन अभियान चालाउने निर्णय समेत भएको छ।

डेनमार्क स्थित नेपाली दुतावासका कार्यवहाक राजदुत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारका, महासंघका कार्यकारिणी समितिका सदस्य तथा अन्तर्राष्ट्रिय तथा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्नु हुने ३ सय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थितिमा यस पाचौं युरोपियन क्षेत्रिय वैठकले व्यक्त विचारलाई समेटेको छ ।

नेपालमा लगानी प्रवद्र्धन गर्न गैरआवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग बाणिज्य महासंघ बीच आएको सहकार्यलाई बिस्तार गर्ने अभिप्राय स्वरुप, युरोपमा बस्ने नेपालीहरुले १ अर्ब बराबरको लगानी गर्ने निर्णय गरेका छन्। गैरआवासीय नेपाली संघ ९एनआरएन० को नवौ युरोपियन क्षेत्रीय बैठकबाट संयुक्त रुपमा १ अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगानी गर्ने निर्णय गर्दै घोषणा पत्र जारी भएको छ। 

एनआरएन वुमन फोरमको एक युरो अभियानमा हरेक युरोपियन मुलुकमा रहेका महिलाहरुको चासो र सक्रिय सहभागिता जनाउने दढ इच्छा देखियो । एक ब्यक्ति एक यरो अभियानले नेपाली महिलाको शिक्षा, स्वास्थ्य, सीप बिकाश र स्वरोजगारका क्षेत्रमा सघाउने पुऱ्याउने एनआरएन आइसीसी डेपुटी वुमन कोअर्डिनेटर रजनी प्रधानले बताइन ।

 Image