अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

कम्प्युटर बिषयका शिक्षक तथा आइटीमा आबद्ध केहि व्यक्तिहरुको अगुवाइमा ८ वर्ष अगाडि स्थापना भएको ब्रसअप अनलाइनले आफ्नो तेश्रो अन्तर विद्यालय स्तरिय आइसीटी हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । बिगत २ वर्षदेखि निरन्तर रुपमा आइसीटी हाजिरी जवाफ प्रतियोगिता गर्न सफलब्रसअप अनलाइनले यस बर्ष भने कार्यक्रम भदौको दोश्रो साताबाट शुरु गर्ने भएको हो । नेशनल साईबर ओलम्पियाड नाम दिएको उक्त प्रतियोगिता भाद्र १४ बाट शुरु हुन्छ ।
गत वर्ष ४६ विद्यालयका ४९ टिमको सहभागिता गराउन सफल प्रतियोगितामा ललितपुरको नाइटेन्गल्स स्कुलले आफ्नो पोल्टोमा उपाधि पारेको थियो । बिगतका कार्यक्रमहरुको सफलता एवं संस्थाका पदाधिकारी तथा सदस्यहरुको उत्साहले गर्दा यसपटकको कार्यक्रम काठमाडौंमा बाहेक रा र चितवनमा पनि आयोजना गर्ने तयारी भइरहेको संस्थाका अध्यक्ष सुशील उप्रेतीले बताए । बिगतको सफलता र उत्कृष्ट सहभागिताको संख्यालाई बढाउने र यो वर्ष ७५ टिम सहभागिता गराउने बृहत तयारी समेत भइरहेको छ ।