उपयोगी उपकरण
जाडो मौसम सुरु भएसँगै हामीलाई न्यानो प्रदान गर्ने विभिन्न विद्युतीय उपकरण बजारमा आइसकेका छन् । विभिन्न कम्पनीले प्रतिस्पर्धात्मक रूपमा ती हिटिङ उपकरण भित्र्याएका छन् ।
रोथोले बजारमा ल्याएको एक्ने ओइल रिमोभर नेपाली बजारमा ल्याएको छ । रोथो जापानिज ब्रान्ड हो । यो निकै विश्वसनीय तथा उपभोक्ताहरूको मन जित्न सफल प्रोडक्ट पनि हो । अनुहारमा पसिना आउनेहरूका लागि यो निकै लाभदायक छ । यसले अनुहारको अधिक शिवमलाई निकालेर छालालाई सफा तथा पसिनारहित बनाउँछ । यसले मेकअपलाई यथावत् राखेर छालालाई सुक्खा बनाउँछ । यो सबै प्रकृतिका छालामा सुट हुन्छ । यसको प्याकिङ चिटिक्क र आकर्षक भएकाले सानादेखि ठूला ब्यागमा पनि बोकेर हिँड्न सकिन्छ । यसलाई चिसो ठाउँमा स्टोर गर्नुपर्छ । नेपाली बजारमा यसको मूल्य १ सय ५० रुपैयाँ पर्छ ।