Successfully Copied

उपयोगी उपकरण

जाडो मौसम सुरु भएसँगै हामीलाई न्यानो प्रदान गर्ने विभिन्न विद्युतीय उपकरण बजारमा आइसकेका छन् । विभिन्न कम्पनीले प्रतिस्पर्धात्मक रूपमा ती हिटिङ उपकरण भित्र्याएका छन् ।

जाडो मौसम सुरु भएसँगै हामीलाई न्यानो प्रदान गर्ने विभिन्न विद्युतीय उपकरण बजारमा आइसकेका छन् । विभिन्न कम्पनीले प्रतिस्पर्धात्मक रूपमा ती हिटिङ उपकरण भित्र्याएका छन् । उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीहरूले सस्तादेखि महँगा उपकरण बजारमा ल्याउँछन् ।

‘सिजी’ कम्पनीका नेसनल सेल्स म्यानेजर मनमोहन झाका अनुसार चिसो सुरु भएसँगै उपभोक्ताहरूमा न्यानो रहनका लागि विभिन्न उपकरणको माग ह्वात्तै बढ्ने भएकाले कम्पनीले जाडो लक्षित विभिन्न उपकरण भित्र्याएको छ । कम्पनीका पानी तताउने कित्ली, हिटर, गिजर, इन्डक्सन चुलो, वाटर डिस्पेन्सर, इलेक्ट्रिक हटपट, इलेक्ट्रिक ओभन, भ्याकुम फ्लेक्स र राइसकुकर बजारमा उपलब्ध छन् ।

जाडोमा खानेकुरा तताउन ओभनको प्रयोग गरिन्छ । घरदेखि अफिससम्म प्रयोग गर्न सकिने भएकाले पछिल्लो समय इलेक्ट्रिक ओभनको माग बढ्दै गएको मनमोहन बताउँछन् । बजारमा १९, २४ र ३३ लिटरका ओभनहरू उपलब्ध छन् । ओभनमा लिटरअनुसारका विशेषताहरू भएको उनको भनाइ छ । उनी भन्छन्, ‘ओभनको लिटरअनुसार विशेषता र मूल्यमा पनि फरक हुन्छ ।’ सिजीले बजारमा पानी तताउन उपलब्ध गराएका १५ सय वाटका कित्लीका विशेषता भनेका अटोमेटिक हुन् । कम्पनीले तातोका लागि आठ वटा मोडलमा हेलोजन हिटर भित्र्याएको छ । यी हिटरहरू चार सयदेखि १२ सय वाटसम्मका छन् । पानी तातो राख्न प्रयोग हुने भ्याकुम फ्लेक्स र स्टिलका बोतल उपभोक्तामाझ लोकप्रिय रहेको सिजीको दाबी छ ।

त्यस्तै, ‘बाल्ट्रा’ कम्पनीले पनि जाडोलाई लक्षित गर्दै विभिन्न विद्युतीय सामग्री बजारमा ल्याएको छ । कम्पनीले ‘न्यानो नै प्यारो नारा’ सहित आफ्ना सामानहरू लन्च गरेको छ । कम्पनीका ब्रान्ड मेनेजर ससमित सौरभ भन्छन्, ‘चिसो मौसम सुरु हुनासाथ गिजर र हिटर कित्लीजस्ता विद्युतीय सामग्रीहरूको माग बढ्न थाल्छ ।’ बाल्ट्राले सुलभ मूल्यमा गुणस्तरीय सामानहरू बिक्री गर्दै आएको दाबी उनको छ । उनका अनुसार विद्युतीय सामग्री किन्दा गुणस्तर रोज्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘विद्युतीय सामग्री गुणस्तर नभएमा बिग्रने, जल्ने आदि समस्या देखापर्छन् ।

‘बाल्ट्रा’ का फ्यान हिटर, ग्यास हिटर, हेलोजन हिटर अर्थात् रड भएको वाल हिटर, पिटीसी वाल हिटर उपलब्ध छन् । हिटरका विशेषता र मोडल, साइजअनुसारमा मूल्य पर्ने सौरभ बताउँछन् । कम्पनीले बजारमा ल्याएको थर्मल एयरपटमा लामो समयसम्म पानी तातो रहने उनको भनाइ छ । उनका अनुसार बाल्ट्राले कम्पनीका सामानमा कुनै समस्या आए विभिन्न स्थानमा सर्भिसिङ सेन्टर पनि राखेको छ । उनी भन्छन्, ‘सामानमा कुनै समस्या आएमा तत्काल कम्पनीले रेस्पोन्स गर्दछ ।’

यसैगरी, ‘होम ग्लोरी’ ले पनि न्यानो बनाउन विद्युतीय सामग्रीहरू बजारमा ल्याएको छ । कम्पनीको पानी तताउने कित्ली, रुम हिटर, एसीलगायतका सामानहरू बजारमा छन् । अन्य कम्पनीका जस्तै सामान देखिए पनि ग्लोरीका सामानमा छुट्टै विशेषता रहेको कम्पनीका मनोज अग्रवाल बताउँछन् । उनी भन्छन्, ‘बजारमा उस्तै सामान देखिए पनि हाम्रा उत्पादनमा केही भिन्नता छन् । हाम्रा उत्पादनमा ग्राहकका लागि धेरै च्वाइस हुने गरेको छ ।’

छालाको सुरक्षामा ध्यान दिऔं

डा. सबिना भट्टराई, छाला रोग विशेषज्ञ

जाडो शुरु हुनासाथ हरेक घरमा न्यानोको आवश्यकता पर्छ । घरलाई न्यानो बनाउन अहिले बजारमा विभिन्न विद्युतीय सामग्री उपलब्ध हुन थालेका छन् । ती सामग्रीको प्रयोग गर्दा भने धेरै कुरामा ध्यान दिनुपर्छ । जाडोमा पानी तताउन गिजर र न्यानोपनका लागि हिटर जस्ता उपकरणको प्रयोग अधिक हुने गर्छ । यस्ता सामग्रीको प्रयोगले छालामा विभिन्न समस्या आउने गर्छ । जाडो मौसममा ‘हिट एलर्जी’ हुने गर्छ । गिजरबाट तताइएको पानी प्रयोग गर्दा छाला सुख्खा र फुस्रो भई चिलाउने जस्ता समस्या देखा पर्छ । छालासम्बन्धी रोग भएकाहरूलाई यस्ता उपकरणको प्रयोगले रोग फैलाउन मद्दत गर्छ । त्यसकारण चिसो भयो भन्दैमा अत्यधिक बढी तातोपानीले नुहाउनु हुँदैन । त्यस्तै, हिटर ताप्दा पनि छालालाई असर गर्छ । हिटर ताप्दा छालामा चाउरीपन बढ्ने र छाला चिलाउने जस्ता समस्याहरू देखा पर्न सक्छन् । त्यसकारण विद्युतीय उपकरणको प्रयोग गर्दा छालाको सुरक्षालाई पनि ध्यान दिनु जरुरी छ ।

 Image