Successfully Copied

गोदरेज नेपालमा बीस वर्ष मनाउँदै

गोदरेज कन्जुमर प्रोडक्टस लिमिटेडले नेपालमा आफ्नो सेवा प्रारम्भ भएको २० औं वर्ष मनाएको छ । उक्त उपलक्ष्यमा आफ्नो सफलताको श्रेय ग्राहकको विश्वासका साथै आफ्ना वितरकहरूको कठोर परिश्रम र मायालाई दिँदै गोदरेज नेपाल टिमले काठमाडौंमा रहेका अधिकांश खुद्रा तथा थोक विक्रेताहरूलाई धन्यवाद ज्ञापन गरेका

गोदरेज कन्जुमर प्रोडक्टस लिमिटेडले नेपालमा आफ्नो सेवा प्रारम्भ भएको २० औं वर्ष मनाएको छ । उक्त उपलक्ष्यमा आफ्नो सफलताको श्रेय ग्राहकको विश्वासका साथै आफ्ना वितरकहरूको कठोर परिश्रम र मायालाई दिँदै गोदरेज नेपाल टिमले काठमाडौंमा रहेका अधिकांश खुद्रा तथा थोक विक्रेताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । यसका साथसाथै विक्रेताहरूले दुई दिन गुड नाइट ब्रान्डका सामान खरिदमा विशेष योजना संचालन गरेका छन् जसअन्तर्गत विभिन्न स्लाबमा लागू हुने गरी एलइडी टिभी, वासिङ मेसिन एवं गिफ्ट ह्याम्परहरू छन् । यसबाट विक्रेता उवं गोदरेजको सम्बन्ध अझ सबल हुने कम्पनीको धारणा छ । गोदरेज कन्जुमर प्रोडक्टस लिमिटेड नेपालमा एक प्रतिष्ठित कम्पनीमा गनिनुमा गोदरेजका गुणस्तरीय उत्पादनका साथै आफ्नो वितरण प्रणालीका साझेदारहरूको पनि प्रमुख भूमिका रहेको गोदरेजकी कन्ट्री म्यानेजर रोसा तलवार बताउँछिन् ।  गोदरेज कन्जुमर प्रोडक्ट लिमिटेडले नेपालमा केशमा लगाउने मेहन्दी नुपुर, केश रंगाउने गोदरेज रिच क्रिम, नुपुर क्रेम, गोदरेज हेयर डाई, सिन्थोल साबुन, गोदरेज नं १ साबुन, गुड नाइट क्वाइल, गुड नाइट भ्यापोराइजर, फास्ट कार्ड, रातो हिट, कालो हिट, इजीजस्ता उत्पादन बिक्री गर्दै आएको छ ।

 Image