Successfully Copied

भर्ताङको अर्गानिक स्याउ

काठमाडौंमा मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको व्यवसायिक कारोबार सुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको ‘हिमालयन फ्रेस’ ब्रान्डको मनाङको उक्त स्याउको आधिकारिक विक्रेता जिके एन्ड सन्स एग्रो हो । मनाङबाट आइपुगेको स्याउ कोल्ड स्टोरमा राखेर मागअनुसार बजारमा पुर्‍याइने गरेको छ ।

काठमाडौंमा मनाङको भर्ताङमा उत्पादन भएको अर्गानिक स्याउको व्यवसायिक कारोबार सुरु भएको छ । एग्रो मनाङले उत्पादन गरेको ‘हिमालयन फ्रेस’ ब्रान्डको मनाङको उक्त स्याउको आधिकारिक विक्रेता जिके एन्ड सन्स एग्रो हो ।

मनाङबाट आइपुगेको स्याउ कोल्ड स्टोरमा राखेर मागअनुसार बजारमा पुर्‍याइने गरेको छ । जिकेसँग लिएर काठमाडौंमा भाटभटेनी, बिगमार्ट आदि डिपार्टमेन्ट स्टोरले ठूलो परिणाममा स्याउ बिक्री गर्ने गरेका छन् ।

एक महिनाको अवधिमा काठमाडौंमा मात्र ८ टन स्याउ बिक्री भएको जिकेका प्रमुख गणेश चालिसेले बताए । उनका अनुसार कोल्ड स्टोरबाटै दैनिक १ लाख रुपैयाँको स्याउ बिक्री भैरहेको छ भने मागअनुसार घरघरमै पुर्‍याउने व्यवस्थासमेत गरिएको छ ।

उच्च हिमाली क्षेत्रमा उत्पादन भएको तथा कुनै पनि विषादी प्रयोग नगरिएकाले यो स्याउको माग अपेक्षाभन्दा राम्रो भएको चालिसे बताउँछन् । समुद्री सतहभन्दा २५ सयदेखि ३ हजार मिटर उचाइमा उत्पादित यो स्याउ अन्य स्याउको तुलनामा रसिलो र स्वादिलो हुने भएकाले यसको माग उच्च रहेको चालिसेको दाबी छ ।

एग्रो मनाङले भार्ताङमा ७ सय ३५ रोपनीमा गरेको स्याउ फर्म दक्षिण एसियाकै ठूलो मानिन्छ । यो वर्ष त्यहाँ थप १ लाख स्याउका विरुवा रोप्ने तयारी भैरहेको छ ।

 Image