Successfully Copied

जाडोका प्रसाधन

जाडो लक्षित हेयर तथा स्किन केयरका विभिन्न प्रसाधन अहिले नेपाली बजारमा भित्रिएका छन् । अहिले उच्च गुणस्तरीय ब्रान्डका हेयर तथा स्किन केयर सामग्री नेपालमै उपलब्ध हुन थालेका छन् ।

मौसम चिसिइसकेको छ । हरेक कुरामा सुरक्षित रहनुपर्ने बेला हो यो । लाउने–खाने तथा हिँडडुल गर्ने कुरामा समेत सजग रहनु यो मौसमको विशेषता नै हो । न्याना लत्ताकपडाका साथै तातो खाना मात्र नभएर यो बेलाको आवश्यकता छाला र केशलाई कसरी सुन्दर एवं सुरक्षित राख्ने भन्ने पनि हो । चिसोमा हामी यसै पनि पानी वा अन्य तरल पदार्थ कमै मात्रामा पिउँछौं । शरीरमा मिनरलको कमीले डिहाइड्रेसन हुन्छ भने यसको परिणामस्वरूप छाला रुखो र सुख्खा हुने, फुट्ने, चर्किने, रेसेजहरू देखा पर्ने, एलर्जी हुने समस्या देखा पर्न थाल्छन् । यति मात्र होइन कमै नुहाइने भएकाले केश फोहोर र सुख्खा हुन्छ जसका कारण केशमा चायाँ पर्ने, टुक्रिने, झर्ने आदि विविध समस्या सिर्जना हुन सक्छ । जाडो लक्षित हेयर तथा स्किन केयरका विभिन्न प्रसाधन अहिले नेपाली बजारमा भित्रिएका छन् । अहिले उच्च गुणस्तरीय ब्रान्डका हेयर तथा स्किन केयर सामग्री नेपालमै उपलब्ध हुन थालेका छन् । 

स्किन केयर

जाडोमा विशेष ध्यान दिनुपर्ने छालामै हो । यो समयमा छाला सुख्खा हुने, फुट्ने, चर्किने, एलर्जी हुने तथा फोहोर देखिने हुँदा स्किन केयरमा विशेष ध्यान पुर्‍याउनुपर्छ । अहिले नेपाली बजारमा लोरियल, एनवाइएक्स, मेबलिन, रिमेल आदि उच्च गुणस्तरीय ब्रान्डका स्किन केयर प्रसाधन मात्र होइन मेडिकल तथा ड्रमाटोलोजी टेस्टेड अन्य थुप्रै उत्पादन उपलब्ध हुन थालेका छन् । अहिले विशेषत: नेपालीहरूको ध्यान भारतीय हर्बल प्रोडक्टमा तानिन थालेको छ, कारण प्राकृतिक जडीबुटीद्वारा निर्मित प्रसाधनमा केमिकललगायत ब्लिच र लिडको मात्रा कम हुने भएकाले छालालाई कम असर गर्नु । 

भारतीय हर्बल ब्रान्ड जोयका नेपालस्थित आधिकारिक बिक्रेता एस.एम.के. का प्रबन्ध निर्देशक मनिकरण केसी भन्छन्–हर्बल सौन्दर्य प्रसाधनमा छालाका लागि हानिकारक कुनै पनि तत्व मिसाइएको हुँदैन् तसर्थ यस्ता प्रसाधनमा शंका गर्नुपर्ने ठाउँ हुदैन ।’ जोयले हरेक वर्ग लक्षित विभिन्न सौन्दर्य प्रसाधन भारत र नेपालभर सुलभ मूल्यमा बिक्री–वितरण गर्दै आएको छ । २० देखि ५ सय एमएलको हनी एन्ड आल्मोन्ड लोसन, हनी एन्ड आल्मोन्ड नरिसिङ क्रिम, स्किन फ्रुट्स मोइस्चराइजिङ क्रिम तथा हेयर सिरम जोयका निकै रुचाइएका प्रसाधन हुन् । मनिकरणका अनुसार पूर्ण प्राकृतिक जोयका प्रसाधन छालाको प्रकृति हेरेर मात्र होइन मूल्यका हिसाबले समेत उपयुक्त छन् । 

७६ वर्ष पुरानो जापानी सौन्दर्य प्रसाधन ब्रान्ड कोसेले सुरु गरेको नयाँ ब्रान्ड स्पावेक नेचुरल जापानी प्रोडक्ट हो । समुद्री वनस्पतिद्वारा उत्पादित स्पावेकका प्रसाधन भारत र नेपाल सहित विश्वका २८ मुलुकमा प्रख्यात छन् । स्पावेकको नेपालका लागि आधिकारिक विक्रेता भास्कर ट्ेरडिङका सिइओ विकास पालिखे भन्छन्–हाम्रा उत्पादन पूर्णतया केमिकलरहित छन् । मूल्यको तुलनामा उच्च गुणस्तरीय हाम्रा प्रसाधन विशेषत: जाडो लक्षित छन् ।’ स्पावेकका मोइस्चराइजर, डे–नाइट क्रिम, फेसवास, एन्टी एजिङ रेन्ज (फेसवास, सिरम, डे–नाइट क्रिम), कोल्ड क्रिम तथा भर्खरै बजारमा आएको पिएच ब्यालेन्स मेन्टेन गर्ने इन्स्टेन्ट मास्क नेपालीहरूमाझ लोकप्रिय छन् । हप्तामा दुई पटक प्रयोग गर्न सकिने यो मास्क फेसियलका लागि घन्टौं खर्चिन नसक्नेहरूका लागि निकै उपयोगी तथा फाइदाजनक छ । यसले अनुहारको छालालाई चम्किलो, मुलायम एवं आकर्षक बनाउने कम्पनीको दाबी छ । 

लोटसको नेपालस्थित आधिकारिक बिक्रेता जी.बी. इन्टरनेसनलले यो ब्रान्ड भित्र्याएको १२ वर्षभन्दा बढी भएको छ । सिया बटर मोइस्चराइजिङ क्रिम, न्युट्रा मोइस्चराइजिङ क्रिम, कोका बटर मोइस्चराइजिङ लोसन, अल्फा मोइस्चराइजिङ लोसन, एचपीएफ ३० सनस्क्रिन मोइस्चराइजिङ लोसन, ह्वाइग्लो मोइस्चराइजिङ क्रिम, कोका–आल्मोड–एल्लो सफ्ट, ह्वाइटग्लो, युभी तथा एन्टी ट्यान गरी ६ प्रकारका बडी लोसन, लिपबाम, लिपथेरापी तथा लिपग्लस जाडोमा बढी चल्ने प्रसाधन हुन् । लोटस हर्बलका कम्पनी प्रतिनिधि हृषीकेश अधिकारी भन्छन्–हाम्रा शतप्रतिशत हर्बल उत्पादन नेपाली छालाका लागि उपयुक्त मात्र छैनन् मूल्यको तुलनामा उच्च गुणस्तर तथा सहजै उपलब्धताका कारण नेपालीहरूमाझ लोकप्रियसमेत छन् ।’ 

भारतीय ब्रान्ड ओसिया हर्बलको नेपालस्थित आधिकारिक बिक्रेता रानी शक्ति ट्ेरडर्सले ओसिया ब्रान्डलाई नेपाल भित्र्याएको ८ वर्ष बितिसकेको छ । ओसिया हर्बल कम्पनीका नेपाल प्रतिनिधि सरोज चौधरी भन्छन्–प्राकृतिक उत्पादन भएका कारण केमिकल प्रयोग नहुनु, सुलभ मूल्य, नेपालभर सबैतिर सहजै उपलब्ध हुनुका साथै गुणस्तरका कारण उपभोक्ताहरूले ओसिया हर्बल नै रोज्ने गरेको पाइएको छ ।’ विन्टर केयर क्रिम, मोइस्चराइजर, बडी लोसन, लिपबाम आदि ओसियाका चलेका उत्पादन हुन् । ओसिया हर्बलको कोको हनी मोइस्चराइजर निकै रुचाइएको छ । 

निभियाका नेपाल प्रतिनिधि अभिजित रोयका अनुसार नेपालमा निभियाका मोइस्चराइजर, मोइस्चराइजिङ लोसन, सफ्ट क्रिम, निभिया ह्वाइटनिङ क्रिम, क्लिजिङ मिल्क, टोनर, लिपकेयर, रोलअन, बडी स्प्रे, सावर जेल, क्रिम सोप आदि उपलब्ध छन् । निभिया जर्मन ब्रान्ड हो । ९८ प्रतिशत उपभोक्तामा यसको ब्रान्ड अवेरनेस छ । रोय भन्छन्–संसारका १ सय ५० मुलुकमा ब्रान्ड स्थापित गरिसकेको निभियाले नेपालमा यसको कारोबार गरेको ३० वर्ष भैसकेको छ । स्किन केयरमा हामी लामो समयदेखि मार्केट लिडरकै रूपमा रहँदै आएका छौं । यसको प्रमुख कारण गुणस्तरीय उत्पादन नै हो ।’ 

हाल नेपाली बजारमा थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य प्रसाधन बिक्री–बितरण भैरहेका छन् । केही समययता एन्टी एजिङ, एज डिफाइन, टिएज, थर्टी वा फोर्टी क्रस रेन्जहरू उपलब्ध छन् । सौन्दर्यका क्षेत्रमा एडभान्स हुँदै गएका नेपाल र नेपालीहरू अहिले ब्रान्ड नै उपयुक्त मान्छन् । जाडो मौसममा जुनसुकै ब्रान्ड वा कम्पनीको होस् नेपालीहरू छालालाई नरम राख्ने कोल्ड क्रिम, छाला मुलायम बनाउने मोइस्चराइजर, कोमल ओंठका लागि लिपबाम र लिपकेयर, छाला फुट्नबाट जोगाउने स्किन लोसन नै प्रयोग गर्छन् ।

 Image