Successfully Copied

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) प्रेरक छ

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को चौधौं संस्करण सम्पन्न हुने क्रममा नेपाली महिलाका लागि यसले दिएको योगदान प्रेरक भएको कुरा कसैबाट छिपेको छैन । एसएसवाइ (क्रियटिभ स्टेटमेन्ट्स) को आयोजनामा सन् २००२ देखि वार्षिक रूपमा निरन्तर आयोजित हुँदै आएको सेलिब्रेटिङ वुमनहुड

सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान)–२०१६ को चौधौं संस्करण सम्पन्न हुने क्रममा नेपाली महिलाका लागि यसले दिएको योगदान प्रेरक भएको कुरा कसैबाट छिपेको छैन । एसएसवाइ (क्रियटिभ स्टेटमेन्ट्स) को आयोजनामा सन् २००२ देखि वार्षिक रूपमा निरन्तर आयोजित हुँदै आएको सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) मा विशेषत: ग्रामीण क्षेत्रमा आफ्नो सीप, लगन एवं परिश्रमद्वारा सामाजिक योगदान पुर्‍याइरहेका परिवर्तनका संवाहकहरूलाई एउटै थलोमा राखेर सम्मानित गरिन्छ जुन यसको आकर्षक पक्ष हो । गाउँका कुनै कुनाकाच्चामा बसेर समाजलाई अग्रगति दिने तर नामका खातिर दौडधूप गर्नतिर नलाग्ने उदाहरणीय व्यक्तित्वहरूलाई सम्मानित गर्ने यो परम्परा अनुकरणीय छ । यो वर्ष सम्मानित हुने सबैजना एवं सेलिब्रेटिङ वुमनहुड (नवदेवी सम्मान) की परिकल्पनाकार तथा आयोजक सिर्जनासिंह योञ्जनका साथै यसको मिडिया पार्टनर नारी आदि सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा यो कार्यक्रम थप सशक्त एवं समावेशी ढंगले अघि बढोस् भन्ने कामना गर्दछु ।

हरिमाया बस्नेत, काठमाडौं

 Image