Successfully Copied

बेडरुम फर्निचर सेलेक्सन

फर्निचर परिवर्तन गरेर पनि आफ्नो बेडरुमको मेकओभर गर्न सकिन्छ । रोयल लुक बेडरुममा मानिसहरू दिनभरिको थकाइ मारेर आनन्द महसुस गर्छन् । अत: बेडरुम आरामदायक हुनु जरुरी छ । यदि धैर्यपूर्वक आराम गर्न चाहनुहुन्छ भने बेडरुमलाई रोयल लुक प्रदान गर्नुपर्छ । यस्तो लुकका लागि आफ्नो बेडरुमलाई

फर्निचर परिवर्तन गरेर पनि आफ्नो बेडरुमको मेकओभर गर्न सकिन्छ ।

रोयल लुक

बेडरुममा मानिसहरू दिनभरिको थकाइ मारेर आनन्द महसुस गर्छन् । अत: बेडरुम आरामदायक हुनु जरुरी छ । यदि धैर्यपूर्वक आराम गर्न चाहनुहुन्छ भने बेडरुमलाई रोयल लुक प्रदान गर्नुपर्छ । यस्तो लुकका लागि आफ्नो बेडरुमलाई एन्टिक फर्निचरले सजाउनुपर्छ ।

एन्टिक फर्निचरका विशेषता

–हातबाट बनाइएका बुट्टा एन्टिक फर्निचरका मुख्य आकर्षण हुन् ।

–धेरैजसो एन्टिक बुट्टा रोजवुड, महोगनीजस्ता हार्डवुडबाट बनाइएका हुन्छन् । त्यसैले यी फर्निचर तुलनात्मक रूपमा बढी टिकाउ हुन्छन् ।

एन्टिक फर्निचरको छनोट

बजारमा अलग–अलग साइज, डिजाइन र स्टाइलका एन्टिक फर्निचर उपलब्ध छन् । कुनै पनि फर्निचर खरिद गर्दा आफ्नो बेडरुमको कार्पेट एरियालाई विचार पुर्‍याउनुपर्छ ।

बेड : एम्बेलिस्ड हेडबोर्ड र नाइटस्टेन्ड विद भर्टिकल मिररयुक्त एन्टिक बेडले बेडरुमलाई रोयल लुक प्रदान गर्छ ।

ड्रेसर : एन्टिक ड्रेसर छनोट गर्दा ड्रेसर युजर फ्रेन्डली होस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ साथै त्यसमा ड्रयर्स पर्याप्त संख्यामा हुनुपर्छ जसबाट स्टोरेजको समस्या आउँदैन ।

कन्टेम्प्रेरी लुक

यदि आधुनिक कुराहरू बढी रुचाउनुहुन्छ भने आफ्नो बेडरुमलाई कन्टेम्प्रेरी लुक प्रदान गर्नुपर्छ । यो लुकका लागि मोर्डन फर्निचरको आवश्यकता पर्छ ।

मोर्डन फर्निचरका विशेषता

–यस्ता फर्निचर अत्यन्त आकर्षक र स्लिक हुन्छन् । त्यसैले यस्ता फर्निचरले धेरैलाई लोभ्याउँछन् ।

–यस्ता फर्निचर थोरै ठाउँमा पनि राम्रोसँग अटाउँछन् ।

मोर्डन फर्निचर

समयसँगै परिवर्तन हुनु जरुरी छ, अत: आफ्नो बेडरुमलाई मोर्डन फर्निचरले सजाउनुपर्छ ।  फर्निचर आफ्नो रोजाइअनुरूप अनि व्यक्तित्व सुहाउँदो हुनुपर्छ ।

स्टाइलिस लुक

यदि बेडरुमलाई स्टाइलिस लुक दिन चाहने हो भने प्लेटफोर्म बेड चयन गर्नुपर्छ । यो स्टाइलिस देखिनुका साथै आरामदायक पनि हुन्छ ।

सोफिस्टिकेटेड लुक

यदि बेडरुमलाई सोफिस्टिकेटेड लुक दिन चाहने हो भने मिक्स एन्ड म्याच फर्मुला अपनाउनुपर्छ । जस्तै प्लेटफर्म बेड खरिद गर्नु छ भने यसका साथमा एलिगेन्ट स्टाइलका टेबल–कुर्ची खरिद गर्नुपर्छ ।

बोल्ड लुक

यदि बेडरुमलाई बोल्ड लुक दिन चाहने हो भने मोर्डन फर्निचरका साथमा स्टाइलिस लाइटिङ एरेन्जमेन्ट जस्तै सेन्डिलियर केन्डल स्ट्यान्ड, टेबल ल्याम्प आदिको सहयोग लिनुपर्छ ।

अर्बन लुक

ठूला सहर वा महानगरहरूका घरमा ठाउँको कमी हुन्छ । अत: त्यहाँ कम ठाउँ खाने ट्रेन्डीे फर्निचर प्रयोग गर्नुपर्छ ।

ट्रेन्डी फर्निचरका विशेषता

–यस्ता फर्निचर साधारण हुन्छन् ।

–यस्ता फर्निचरले बेडरुमलाई सिस्टमेटिक र अर्गनाइज्ड लुक प्रदान गर्छन् ।

–कार्पेट एरियामा राम्रोसँग फिट हुन्छन् ।

बेडरुमलाई अर्बन लुक दिने विधि

–बेडरुमलाई सजाउन मोर्डन डिजाइनयुक्त ट्रेन्डी फर्निचर छनोट गर्नुपर्छ ।

–स्क्वायर वा ट्राइङ्गल सेप भएका कार्पेट छनोट गर्नुपर्छ । यसले पनि बेडरुमलाई ट्रेन्डी लुक दिन्छ ।

प्रस्तुति:रोजिन शाक्य

तस्विरहरु: नवराज वाग्ले

 Image