Successfully Copied

किशोरीका लागि मेकअप टिप्स

संगीता लामा, मेकअप आर्टिस्ट —किशोरीहरूले आफ्नो छाला सुहाउँदो हलुका खाले मेकअप गर्नुपर्छ । —फाउन्डेसनको प्रयोग गर्नु हुँदैन । यसले अनुहारको रोमछिद्रलाई टालेर नयाँ समस्या

संगीता लामा, मेकअप आर्टिस्ट

—किशोरीहरूले आफ्नो छाला सुहाउँदो हलुका खाले मेकअप गर्नुपर्छ ।

—फाउन्डेसनको प्रयोग गर्नु हुँदैन । यसले अनुहारको रोमछिद्रलाई टालेर नयाँ समस्या जन्माउँछ ।

—अनुहारको दाग हटाउन कन्सिलर प्रयोग गर्न वा थोरै लुज पाउडर अनुहारमा ब्लेन्ड गर्न सकिन्छ ।

—अनुहारमा आउने दागहरूलाई लुकाउने प्रयास गर्नु हुँदैन । यस्ता दाग बिस्तारै हराउँछन् । त्यसका लागि सनस्किन लगाउन सकिन्छ ।

—आँखामा गाढा आइस्याडो प्रयोग गर्नबाट बच्नुपर्छ । म्याचिङ आइस्याडो लगाउने आवश्यकता पनि छैन ।

—आइलाइनरभन्दा पेन्सिल गाजललाई प्राथमिकता दिनुपर्छ ।

—गालामा ब्लस प्रयोग गर्न सकिन्छ । गुलाबी तथा पिच सेडको ब्लस जसलाई पनि सुट गर्छ ।

—ओठमा ग्लस लगाउनुपर्छ ।

—मेकअप गाढा भए त्यसलाई ब्लेन्ड गर्नुपर्छ वा टिस्युले पुछ्नुपर्छ ।

 Image