Successfully Copied

सार्वजनिक सम्पत्तिको रेखदेख गर्ने कसले ?

हामी नेपाली सार्वजनिक सम्पत्तिको सुरक्षा एवं सरसफाइका विषयमा मतलब गर्दैनौं । त्यसैले हाम्रा शहरबजारका प्रत्येक गल्ली, प्रत्येक चोक तथा सार्वजनिक पार्क, चौर एवं खाली बसेका कुनै पनि स्थान फोहोरले ढाकेका हुन्छन् ।

हामी नेपाली सार्वजनिक सम्पत्तिको सुरक्षा एवं सरसफाइका विषयमा मतलब गर्दैनौं । त्यसैले हाम्रा शहरबजारका प्रत्येक गल्ली, प्रत्येक चोक तथा सार्वजनिक पार्क, चौर एवं खाली बसेका कुनै पनि स्थान फोहोरले ढाकेका हुन्छन् । हामीले त यस कुरालाई सहजै पचाउँदै आउका छौं तर के पर्यटक एवं अन्य आगन्तुकले यस कुरालाई कुन रूपमा लेलान् भन्ने ख्याल राखेका छौं ? के यसरी फोहोर फाल्ने सबैले निजी निवासभित्र पनि फोहोरै राखेका छन् ? छैन भने यसरी घरबाहिरको सडक आदि दुर्गन्धित हुँदाको जिम्मेवारी कसको ? हामी सबैको हैन र ? यस कुरालाई हृदयदेखि नै मनन गर्नु आवश्यक छ । सभ्य हुनका लागि घरभित्र मात्र नभै वरिपरिको वातावरण पनि सुग्घर–सफा हुनु जरुरी छ । त्यस्तै सार्वजनिक सवारी साधन तथा अन्य सेवा उपभोग गर्दा तिनको हिफाजतमा हामीमध्ये कमैको ध्यान जाने गरेको पाइन्छ । जब कि कुनै पनि सार्वजनिक स्थान वा वस्तुको सेवा लिइसकेपछि त्यसको ख्याल राख्नु हाम्रो नैतिक दायित्व हो । यी र यस्ता कुरामा बेलैमा विचार नपुर्‍याउने हो भने हामी असभ्य बन्ने निश्चित छ ।

परीक्षा दाहाल, मनमैजु, काठमाडौं

 Image