Successfully Copied

महिला हिंसाको कारण छाउपडी प्रथा

जिल्लामा व्याप्त महिला हिंसा एवं लैंगिक विभेदको प्रमुख कारण छाउपडी प्रथा रहेको सरोकारवालाहरूले बताएका छन् । गत महिना मुगुको गमगढीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा सम्पन्न लैंगिक हिंसाविरुद्धको

जिल्लामा व्याप्त महिला हिंसा एवं लैंगिक विभेदको प्रमुख कारण छाउपडी प्रथा रहेको सरोकारवालाहरूले बताएका छन् । गत महिना मुगुको गमगढीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा सम्पन्न लैंगिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजनाअन्तर्गत कानुनी सुधार सचेतना कार्यक्रमका सहभागीले त्यस्तो बताएका हुन् । कार्यक्रममा जिल्ला अदालत मुगुका न्यायाधीश खड्कबहादुर केसीले सामाजिक दुव्र्यवहार र अन्यायमा परेकाले प्रतिवाद गर्न नसक्दा दिनप्रतिदिन लैंगिक हिंसा, महिला हिंसा र घरेलु हिंसा बढ्दै गएको बताए । उनले अन्यायमा परेकाले कुनै पनि सम्झौता गर्न नहुने बताए । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जिल्लामा छाउपडी प्रथा र बाल विवाहको अवस्था डरलाग्दो भएका कारण महिला हिंसा त्यहीँबाट सुरु भएको बताए । भौगोलिक विकटताका कारण नेपालका अन्य जिल्लाभन्दा मुगु निकै फरक रहेकाले यस्ता समस्या सम्बोधन गर्ने खालका कानुन निर्माण गर्नुपर्ने सरोकारवालाहरूको जोड थियो । लैंगिक हिंसा, घरेलु हिंसामा परेका तर बोल्न नसक्ने आर्थिक अवस्था कमजोर भएकाका लागि नि:शुल्क कानुनी सहायता समिति जिल्लामा रहे पनि आर्थिक अवस्थाका कारण जनशक्ति व्यवस्थापन गर्न नसक्दा मृतावस्था जस्तै रहेको अधिवक्ता कुवेरजंग शाहीले बताए । उनले महिला हिंसाको प्रमुख जड नै छाउपडी प्रथा रहेकाले छाउपडी प्रथा उन्मूलनसम्बन्धी कानुनी व्यवस्थाका विषयमा गाउँ–गाउँमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिल्ला महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष राधिका मल्लले जिल्लामा हिंसामा परी अन्याय सहिरहेका महिलाको अस्तित्व मेलमिलापका नाममा पैसामा बेचिने कुरा बताइन् ।

जिल्लामा बाल विवाह तथा छाउपडी प्रथाका कारण महिलामा पाठेघर खस्ने समस्या बढी भएको र यही नै महिला हिंसाको ठूलो रूप भएको उनको भनाइ थियो । मुगु जिल्लामा विवाहित महिला महिनावारी हुँदा तीनदेखि पाँच दिन र किशोरी महिनावारी हुँदा पाँचदेखि सात दिनसम्म घरबाहिर गोठ वा ओडारमा बस्ने परम्परा छ ।

 Image