Successfully Copied

न्यू साप्ताहिक बस होस्टेज सेवा सुरु

काठमाडौंदेखि काँकडभिट्टालगायत पूर्वको लामो रुटमा चल्ने साप्ताहिक बसले आजबाट बस होस्टेज सेवा सुरु गरेको छ ।

काठमाडौंदेखि काँकडभिट्टालगायत पूर्वको लामो रुटमा चल्ने साप्ताहिक बसले आजबाट बस होस्टेज सेवा सुरु गरेको छ । साप्ताहिक बसले नेपालमै यो सेवा पहिलो पटक सुरु गरेको हो । लामो यात्रा गर्ने यात्रुहरूको रेखदेख र सुविधाका लागि साप्ताहिक यातायात व्यवसायीहरूले ल्याएको नयाँ अवधारणा यूरोप तथा अमेरिकामा चल्दै आएको थियो । यो सेवा अब नेपालमा पनि सुरु हुनुलाई बसमा लामो यात्रा गर्दा हुने झन्झटमा यात्रुहरूको रेखदेख तथा हस्पिटालिटी दिने आकर्षकको कार्यको थालनीले राम्रो सन्देश दिएको छ । हाफ कोट, पाइन्ट र सर्टमा चटक्क परेर सजिएका, हँसिला र मीठो बोली भएका महिला कर्मचारीले अब आकर्षक शैलीमा साप्ताहिकमा यात्रा गर्ने यात्रुहरूलाई पानी, खाजा र शौचालयको व्यवस्था गर्नेछन् । हवाई सेवामा यात्रुहरूको स्वागत तथा रेखदेखका लागि एयर होस्टेज राखेझैं न्यू साप्ताहिक बसले बस होस्टेज राखेर नमुना कार्यको थालनी गरेको बताउँछन, साप्ताहिक बस व्यवसायी दिवाकर पौडेल । पौडेल थप्दै भन्छन्, ‘बसको लामो यात्रामा हुने समस्या, काउन्टरको चुहावट र यात्रुहरूले खप्नुपरेको दु:खलाई मध्यनजर गर्दै बस होस्टेज सेवा गरेको हो । रात्रिकालीन  यात्रालाई व्यवस्थापन गर्नका लागि आफूले विभिन्न टीकाटिपणीका बाबजुद बस होस्टेज सेवा सुरु गरेको हुँ ।’ सुरक्षा र सेवाका लागि मात्र नभई बस होस्टेज सेवा सान्दर्भिक र उदाहरणीय रोजगारका लागि नेपाली महिलाहरूका लागि नयाँ अवसरको आधार हुने देखिन्छ ।

 तस्विरहरु: नवराज वाग्ले

 Image