भन्टा रोगन जोश

नारी संवाददाता

माघ २७, २०७२ चाहिने सामग्री 

  • ८०० ग्राम भन्टा 
  • १०० मिली तेल 
  • ५० ग्राम खुवा 
  • ५० ग्राम फ्राइ गरिएको काजु 
  • ५० ग्राम गोलभेंडाको प्युरी 
  • १०० ग्राम पिसेको प्याज 
  • २ चम्चा रातो खुर्सानी 
  • १ चम्चा अदुवा र लसुनको पेस्ट 
  • २ चम्चा गरम मसला 
  • नुन स्वादअनुसार 

बनाउने विधि 

  • प्यानमा खुवा हालेर यसलाई रातो हुन्जेलसम्म फ्राइ गर्ने । 
  • फ्राइ भएको काजु र खुवालाई एकैसाथ पिस्ने । 
  • भन्टालाइ राम्ररी फ्राइ गर्ने । 

प्यानमा केही तेल हालेर प्याज फ्राइ गर्ने । त्यसमा लसुन तथा अदुवाको पेस्ट मिलाउने । त्यसमा रातो खुर्सानीको धुलो तथा गरम मसला हाल्ने । अब काजु तथा खुवाको पेस्ट हालेर मसलाले तेल नछोडेसम्म पकाउने । नुन, मरिच हालेर केहीबेर चलाउने त्यसपछि तारिएका भन्टा  हालेर चलाउने र सर्भ गर्ने ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>