तिहारमा कस्ता मिठाईं खाने ?
सुगर फ्रि मिठाईं थोरै स्वस्थ विकल्प हो तर पूर्णरूपमा स्वस्थकर भने होइन । मात्रा, गुणस्तर र मिठासको प्रकार महत्वपूर्ण हुन्छ ।
धेरैजसोले तनावमा रहँदा खाना खानै बिर्सन्छन् तर कतिपयको भने त्यसको ठीक विपरीत बानी हुन्छ । उनीहरू कुनै तनाव हुनासाथ कम खानुको साटो अझ बढी खान्छन् । यसले गर्दा पछि गएर अन्य रोगको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले कुनै पनि कुराले चिन्तित भए वा पटक–पटक खानाको मात्रा बढे सम्हालिनु आवश्यक छ । तनाव बढे एड्रनल ग्ल्यान्ड सक्रिय भएर मोटोपन बढ्छ । एक शोधअनुसार तनाव हुँदा महिलाहरू बढी भोजन गर्छन् जसले गर्दा मोटोपनका साथै अन्य रोगको खतरा बढ्छ ।