Successfully Copied

पहिरन छनोट गर्ने तरिका

–सधैं आफ्नो व्यक्तित्व र फिगरको सही नापअनुसार पहिरन छनोट गर्नुपर्छ । –मोर्डन एवं एलिगेन्ट लुकका लागि सधैं आरामदायक पहिरन क्यारी गर्नुपर्छ । –वेस्टर्न पहिरन शैली वा जिन्समा नै मोर्डन देखिन्छ भन्ने छैन । व्यक्तित्वमा सुट गर्छ भने सलवार–कमिजलाई पनि ट्रेन्डी एवं एलिगेन्टली प्रयोग गर्न

पहिरन छनोट गर्ने तरिका 

–सधैं आफ्नो व्यक्तित्व र फिगरको सही नापअनुसार पहिरन छनोट गर्नुपर्छ ।

–मोर्डन एवं एलिगेन्ट लुकका लागि सधैं आरामदायक पहिरन क्यारी गर्नुपर्छ । 

–वेस्टर्न पहिरन शैली वा जिन्समा नै मोर्डन देखिन्छ भन्ने छैन । व्यक्तित्वमा सुट गर्छ भने सलवार–कमिजलाई पनि ट्रेन्डी एवं एलिगेन्टली प्रयोग गर्न सकिन्छ । 

–इन्डो वेस्टर्न शैलीलाई कम्बाइन गरी एक्सपेरिमेन्ट गरी लगाउँदा राम्रो हुन्छ । 

–घरबाट निस्कनुपूर्व सधै नट, जिप, बटन भएका पहिरनलाई राम्रोसँग जाँच गर्नु आवश्यक छ । 

–पहिरनअनुसार अन्डर गार्मेन्ट छनोटमा विचार पुर्‍याउनु आवश्यक छ । 

के नगर्ने ? 

–बढी टाइट र अल्ट्रा सर्ट पहिरन नलगाउने, यसले अनावश्यक रूपमा पर्सनालिटी डाउन गर्न सक्छ ।

–हट र सेक्सी देखाउने भल्गर पहिरनबाट टाढा रहने । 

–सधै फिटिङ देखाउने भल्गर पहिरन शैलीबाट टाढा रहने ।

–कहिल्यै फिटिङ नभएको र आरामदायक नभएको पहिरन क्यारी नगर्ने । एक्सपेरिमेन्ट गरिएको पहिरनमा पुन: बढी एक्सपेरिमेन्ट गर्न नखोज्ने । 

–स्मल, ब्याकलेस, हल्टर, ट्युब, वानपिस र अफसोल्डर ड्रेस हतारमा लगाउनु हुँदैन । उठ्दा वा बस्दा विचार पुर्‍याउनुपर्छ । नत्र वार्डरोब मालफङसनिङको सम्भावना बढ्न जान्छ । 

–पहिरनको छनोटमा कपी क्याट बन्नु हुँदैन । 

 

 Image