Successfully Copied

इन्दिरा जोशी, गायिका

जे चाहें त्यो पाएँ । संगीतमै रमणीय जीवन बाँचिरहेकी छु, जीवनसँग कुनै गुनासो छैन । अन्तर्मुखी स्वभावकी छु, स्टेजमा जे–जस्तो देखिन्छु त्यो मभित्र दबिएर बसेको कुरा प्रस्फुटन भएर बाहिर आएको हो । संघर्षको फल मीठो हुँदो रहेछ ।

मेरो जीवन  

इन्दिरा जोशी, गायिका 

मेरो प्रेरणा : आमा तथा परिवार ।

मेरो आशा : संगीतमा विश्वभर काम गर्ने ।

मेरो करियर : प्रारम्भ हुँदैछ ।

मेरो कर्म : संगीतको माध्यमद्वारा सकारात्मकता फैलाउने ।

मेरो समर्पण : संगीतमा ।

मेरो प्रेम : गायन र स्टेज ।

मेरो इच्छा : कलाकारको हित ।

मेरो कमजोरी : नाइँ भन्न नसक्ने ।

मेरो आदर्श : बरिष्ठ कलाकारहरू ।

मेरो बलियो पक्ष : आत्मविश्वास ।

मेरो आकांक्षा : महिलाका लागि उदाहरण बन्ने ।

मेरो घर : मेरो शान्ति ।

मेरो जीवन : जे चाहें त्यो पाएँ । संगीतमै रमणीय जीवन बाँचिरहेकी छु, जीवनसँग कुनै गुनासो छैन ।  अन्तर्मुखी स्वभावकी छु, स्टेजमा जे–जस्तो देखिन्छु त्यो मभित्र दबिएर बसेको कुरा प्रस्फुटन भएर बाहिर आएको हो । संघर्षको फल मीठो हुँदो रहेछ । 

 

 Image