Successfully Copied

डा. मिनेन्द्र रिजाल ( राजनितिज्ञ )

धरानमा जन्मिएका डाक्टर मिनेन्द्र रिजाल स्कुले जीवनदेखी नै राजनितीमा सक्रिय रहे । पढाइमा अब्बल रिजाल बि.सं. २०२५ सालमा बिश्वेश्वर प्रसाद कोइराला जेलमुक्त भएर बिराटनगर पुग्दा उनलाइ हेर्न दौडेर पुगेका थिए ।

पुरुष

डा. मिनेन्द्र रिजाल ( राजनितिज्ञ )

धरानमा जन्मिएका डाक्टर मिनेन्द्र रिजाल स्कुले जीवनदेखी नै राजनितीमा सक्रिय रहे । पढाइमा अब्बल रिजाल बि.सं. २०२५ सालमा बिश्वेश्वर प्रसाद कोइराला जेलमुक्त भएर बिराटनगर पुग्दा उनलाइ हेर्न दौडेर पुगेको थिए । सानैदेखी राजनितीको गहिरो छाप बसेको उनमा अमेरिकाको प्रतिष्ठित प्राध्यापन पेशाले समेत सन्तुष्टि दिलाउन सकेन् । अमेरिकाबाट विद्यावारिधी गरेका उनी वाल स्ट्रिट जर्नल स्टुडेन्ट अचिभमेन्ट अवार्ड अमेरिकाबाट सम्मानित छन् । करिब एक दशक अमेरिकामा बिताएका उनी त्यहां असिस्टेन्स प्रोफेसरका रुपमा कार्यरत थिए । बाल्यकालदेखीको राजनितीक प्रभावले आफुलाइ नेपाल तानेको बताउने उनको अवको योजना मुलुकको बिकाश र समृद्धिका लागी डटेर काम गर्ने छ । 

राजनितीक रुपमा अत्यन्त सक्रिय रिजालको नजरमा महिला– 

आमा–माया गर्ने, चिन्ता गर्ने र सबैभन्दा बढी बिश्वास गर्ने ।

प्रभावशाली महिला–नेपालको परिप्रेक्ष्यमा मिलनसार र बलियो ब्यक्तित्व भएकी अम्बिका श्रेष्ठ ।

महिलाको प्रशंसनिय पक्ष–पहिलो सुन्दरता, दोस्रो क्षमता–दक्षता अनि तेस्रो पेशा बाहिर जीवनका हरेक पक्षबारे फाराकिलो ज्ञान र सोच भएकाहरु । 

प्रभावित महिला पात्र–इन्दिरा गान्धी

महिलाको बलियो पक्ष–माया, प्रेम, स्नेह, पेशामा कटिबद्ध, उत्कृष्टतालाइ बलियो बनाउन गहिरो र फराकिलो ज्ञान । 

छोरी– मेरो माया–ममता र मलाइ चुनौतीका साथ सच्चिन प्ररिने गर्ने बलियो ब्यक्तित्व ।

महिलाको कमजोर पक्ष– भावुकता तथा जस्तो गल्ती गरेपनि क्षमाशील बन्ने बानी । 

श्रीमती– हरेक कठिनाइका बाबजुद अगाडी बढ्न प्रेरणा दिने, हरदम 

बिश्वास र भरोसा गर्ने ब्यक्ति । 

 

 Image