Successfully Copied

सपना भुषाल इन्टेरियर डिजाइनर

इन्टेरियर डिजाइनर सपना भुषालसंग घरमा नया लुक्स दिने उपायकाे विषयमा कुराकानी

सपना भुषाल 

इन्टेरियर डिजाइनर

घर पुरानो मोडलको छ र त्यसमा कोठाहरु पनि साना साना छन् । यदि नयाँ फ्लोरिंग गर्नु परेमा कस्तो र कति किसिमको राख्न सकिन्छ ?

फ्लोरिंग धेरै किसिमको गर्ने सकिन्छ । आफु बस्ने ठाउँको मौसमलाई ध्यान दिएर गर्नु पर्छ । कोठा सानो भएकोले एउटै किसिमको फ्लोरिंग गर्नाले रुमको फ्लोरहरु ब्रेकडाउन देखिंदैन । त्यस कारण कोठा पनि ठूलो देखिन्छ । फ्लोरिंग गर्दा किचेनमा मार्वल वा ठूलो ठूलो साइजको टाइलहरु प्रयोग गर्दा राम्रो देखिन्छ ।

यदि नयाँ घर लिएको छ भने त्यस घरको फर्निचर र स्पेस कसरी मिलाउने ?

पहिले कोठाको साइजलाई मध्य नजर गरि फर्निचरको साइज ध्यान दिनु पर्छ । फर्निचर राख्दा हिड्ने प्यासेजलाई कसरी राख्ने भन्न्ने कुरा महत्वपुर्ण हुन्छ । रुमको कर्नरलाई राम्रोसंग प्रयोगमा ल्याउनु पर्छ अन्यथा डेड स्पेस रहन सक्छ । जसले रुमको लुक नै विगार्छ ।

फेमिली रुम रु स्टेयरको छेउमा सानो ठाउँ निस्केको छ । त्यस ठाउँमा न त सोफा राख्न मिल्छ न त कोठा नै बनाउन सकिन्छ । त्यस खाली स्पेसलाई के गर्ने सकिन्छ ? 

त्यसमा सानो कोणसोफा राखेर त्यस माथि फ्लावर भेस , मूर्ती आदि राख्न सकिन्छ । कोनसोफाको पछाडी प्रोप्ररसन मिल्ने गरि ऐना राख्दा ठाउँ पनि ठूलो देखिन्छ भने आकर्षक पनि देखिन्छ ।

यदि लिभिंग रुम सारै ठूलो छ भने इन्टेरियर र स्पेस कसरी मिलाउने ?

यदि ठूलो छ भने ब्रेक डाउन गर्नु पर्छ । सोफाको अलग अलग डिजाइन, पार्टनको सेटअप गर्ने । रुमको सेन्टर जस्तो मिलाएर विचको ग्यापलाई ध्यान दिएर कुनै कम चौडाई भएको डेकोरेसन टन्सप्यारेन्ट वुड जाली वा ग्लास पार्टेसन गर्ने । वालमा डार्क टेक्सचर कलर वा वालपेपरलाई हाईलाइट अगाडी आए जस्तो फिल हुन्छ ।

 Image