Successfully Copied

ग्याजेट्स खरिद

हाइटेक जमानामा सबैजना लेटेस्ट ग्याजेट्स खरिद गर्न चाहन्छन् । कुनै पनि नयाँ ग्याजेट्स लिँदा त्यसको उपयोग कसले गर्ने हो, कति समयसम्म गर्ने हो, वास्तवमा आफूलाई त्यसको कति आवश्यक छ भन्ने विषयमा जानकारी हुनुपर्छ ।

  • हाइटेक जमानामा सबैजना लेटेस्ट ग्याजेट्स खरिद गर्न चाहन्छन् । कुनै पनि नयाँ ग्याजेट्स लिँदा त्यसको उपयोग कसले गर्ने हो, कति समयसम्म गर्ने हो, वास्तवमा आफूलाई त्यसको कति आवश्यक छ भन्ने विषयमा जानकारी हुनुपर्छ । 
  • सेलफोन, कम्प्युटर, ल्यापटप र टेलिभिजन आदि इलेक्ट्रोनिक ग्याजेट्स छिट्टै पुराना हुँदैनन् । त्यसैले कुनै नयाँ ग्याजेट बजारमा आउनेबित्तिकै खरिद गर्नु हुँदैन । केही समय प्रतीक्षा गर्नुपर्छ । अर्को महिना कुनै नयाँ प्रविधि आउन सक्छ । नयाँ ग्याजेट त्यति महँगो छैन र केही समय उपयोगी हुन सक्छ भने मात्र खरिद गर्नु ठीक हुन्छ । 
  • पुराना सामानलाई त्यत्तिकै फाल्नु हुँदैन । यदि त्यसको उचित मूल्य प्राप्त हुन्छ भने त्यसलाई बेच्नु राम्रो हुन्छ । यसबाट नयाँ ग्याजेट खरिद गर्न सहज हुन्छ ।

 Image