प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
धेरैको गुनासो हिजोआजका किशोर–किशोरीको रुखो व्यवहारप्रति छ । आजका किशोर–किशोरीमा नम्रता र अभिवादनशीलता कति बाँकी छ भन्न कठिन छ । पहिले आफ्ना अभिभावक तथा शिक्षकको स्वर सुन्दा पनि बालबालिका तर्सिन्थे तर आजका टिनएजको ठूलो आवाजले अभिभावक र शिक्षक नै तर्सिनुपर्ने अवस्था सिर्जना भएको छ । ठूला मानिसले केही भने त्यसको जवाफस्वरूप केही भन्न दस पटक सोच्ने युवा आज सानो कुरामै दस वटा जवाफ फर्काउँछन् । यो सबैमा हार्मोनको परिवर्तनका साथै शारीरिक, मानसिक तथा भावनात्मक विकासलाई कारक मानिन्छ । यो कच्चा उमेरको नाजुक क्षण हो । यो उमेरमा विभिन्न खालका परिवर्तन हुन्छन् ।