Successfully Copied

ब्राइडल प्याकेजमा ध्यान दिनुपर्ने कुराहरू

सुन्दर देखिनु आफैमा महत्वपूर्ण कुरा हो । विशेष रूपमा विवाहको दिन महिलाहरूका लागि अझ महत्वपूर्ण हुन्छ र त्यस दिन विशेष शृंगार पनि गरिन्छ । विवाहका दिन दुलही सबैको आकर्षणको केन्द्र हुने भएकाले पनि साजसज्जामा विशेष ध्यान दिइन्छ । यही महत्वपूर्ण दिनका लागि एकै

सुन्दर देखिनु आफैमा महत्वपूर्ण कुरा हो । विशेष रूपमा विवाहको दिन महिलाहरूका लागि अझ महत्वपूर्ण हुन्छ र त्यस दिन विशेष शृंगार पनि गरिन्छ । विवाहका दिन दुलही सबैको आकर्षणको केन्द्र हुने भएकाले पनि साजसज्जामा विशेष ध्यान दिइन्छ । यही महत्वपूर्ण दिनका लागि एकै दिनमा सम्पूर्ण व्यक्तित्वमा निखार ल्याउन सकिँदैन । एक महिनाअघिदेखि नै बेहुलीको छाला, केश, हातखुट्टाका नङ, आइब्रो आदिको रेखदेख अनुभवी ब्युटिसियनबाट गराउनु आवश्यक हुन्छ । विवाहको दिन निश्चित भएको एक महिनाअघिदेखि नै सम्पूर्ण शरीरको रेखदेख गर्नुपर्छ । टाउकाको केशदेखि खुट्टासम्मको हेरचाह आवश्यक छ । केशमा हाँगा पलाएको छ,  हेयर स्पा गराउनु छ वा कुनै नयाँ हेयर कट चाहिएको छ भने विवाहभन्दा १५ दिन पहिले नै गराउनुपर्छ । सुख्खा छ भने केशमा कन्डिसनरयुक्त हेयर प्याक लगाउनुपर्छ । घरमै पनि हर्बल हेयर प्याक तयार गरी केशलाई सिल्की बनाउन सकिन्छ । आइब्रोलाई सही र सुन्दर सेप दिनुपर्छ । अनुहार चम्किलो बनाउन छाला, मौसम तथा उमेरअनुसार फेसियल गराउनुपर्छ । हातखुट्टाका लागि मेनिक्योर, पेडिक्योर महिनामा तीन पटक वा दुई पटकसम्म गराउने, सम्पूर्ण बडी वेक्स गराई बडी स्पा गराउँदा सम्पूर्ण शरीरको छाला सुन्दर तथा कोमल देखिन्छ ।

ध्यान दिनुपर्ने कुराहरू 

१) विवाहको एक महिना पहिले नै फेसियल गराउने, ब्युटिसियनसित सल्लाह  लिने । यसो गर्दा छालामा दाग, कालो चायाँ–पोतो, डन्डिफोर आदि भए पनि  पर्याप्त समय हुन्छ र उपचारपछि छालामा नयाँ चमक प्राप्त हुन्छ ।

२) हातखुट्टा तथा नङ आकर्षक बनाउन एक महिना पहिलेदेखि नै मेनिक्योर–पेडिक्योर गराउनुपर्छ । यस्ता हातमा विवाहका दिन लगाइएको मेहन्दी पनि राम्रो देखिन्छ ।

३) पसिना आई शरीर दुर्गन्धित भइ सौन्दर्यमै ह्रास आउँछ । त्यस्तो समस्या छ भने नुहाएपछि शरीरको पानी नपुछी, फिटकिरी दल्ने र टाबेलले हल्का पानी थपथपाउने । यति गरे शरीरको पसिना गन्हाउँदैन ।

४) फुर्सद हुनासाथ सम्पूर्ण शरीरको मालिस गराउँदा मृतकोष हट्नुका साथै छाला पनि कोमल हुन्छ ।

५) लुगा धुने साबुन र डिटरजेन्ट पाउडरको प्रयोगबाट जोगिने । यसबाट हातको छाला नरम रहन्छ । साबुन र डिटरजेन्ट प्रयोग गर्नुपर्ने भयो भने हातमा पन्जा लगाई काम गर्नुपर्छ ।

६) शरीर मोटो छ भने विवाहको दिनसम्ममा त्यसलाई सुडौल बनाई सबैको प्रशंसापात्र बन्न सकिन्छ । यसका लागि एक महिनाअघिदेखि नै एरोबिक्स एवं योग गरी आफ्नो अनुहारमा कान्ति ल्याउन सकिन्छ । योगको माध्यमबाट शरीरमा ऊर्जा प्राप्त हुनुका साथै कार्य क्षमतामा समेत वृद्धि हुन्छ ।

७) विवाहको समय नजिक आउँदा कतिपयलाई तनाव उत्पन्न हुनसक्छ । त्यस्तो अवस्थामा आफूलाई बिजी राख्न नयाँ–नयाँ परिकार बनाउन सिक्ने र आफ्नो अनुहारमा कस्तो मेकअप गर्दा सुहाउँछ त्यसको जानकारीका लागि पार्लरमा फेस मेकअप सिक्ने जुन विवाहपछि अति लाभदायक साबित हुन्छ । आफूलाई मन पर्ने कुनै पनि सपिङ, घुमफिर, टेनिस, ब्याटमिन्टन, डोरी खेल्ने, गीत, कविता, गजल लेख्ने आदि कार्यबाट आफू खुसी भइन्छ र त्यो खुसी अनुहारमा चमक ल्याउन सहयोगी हुन्छ । तनावबाट टाढा रहनुपर्छ ।

८) विवाहको एक महिना पहिले नै महिनामा दुईपटक बडी स्पा गराउँदा छालाको सौन्दर्यमा वृद्धि हुन्छ ।

९)  पर्याप्त मात्रामा सुत्नुपर्छ । जसले गर्दा आँखाको तल कालो घेरा बस्ने समस्या हुँदैन । राम्रो निद्रा लागेको खण्डमा डन्डिफोर भए पनि कम हुनुका साथै अनुहारमा पनि चमक उत्पन्न हुन्छ ।

१०) पिग्मेन्टेसनको समस्या छ भने भरसक छिटो उपचार गराई अनुहारलाई स्पेशल बनाउन सकिन्छ ।

यी उपायहरू अपनाउँदा मौसममा पनि विचार पुर्‍याउनुपर्छ । जाडो मौसम छ भने छाला सुख्खा भै

फुस्रो, कालो तथा बेरौनक देखिन्छ । त्यसका लागि नुहाउनुपूर्व शरीरमा सस्र्युं, दूध, बेसार र कागतीको

रस मिसाएर बनाइएको पेस्ट लगाई १० मिनेट राखेर हल्का माडी अन्त्यमा मनतातो पानीले नुहाएर

बडिलोसन वा मोस्चर लगाउनुपर्छ । यो विधि अपनाउँदा छाला कोमल एवं सुन्दर देखिन्छ । गर्मी

मौसममा मूलतानी माटोको प्याक वा चन्दनको धूलोले नुहाउनु राम्रो हुन्छ । 

 Image